तिरहुत गाउँपालिका १ त्रिकोल घर भई राजविराज नगरपालिका ५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय दिपेन्द्रकुमार मण्डलको हत्या आरोपमा श्रीमती अन्जना र ससुरा रामदयाल गत बुधबार पक्राउ परेका थिए । अन्तरजातिय प्रेमविवाह गरेकी अन्जना मृतक मण्डलकी कान्छी श्रीमती भएकी बुझिएको छ ।
दोस्रो विवाह गरेपछि दीपेन्द्रले जेठी श्रीमति २५ वर्षीया रेश्मीदेवी मण्डललाई ०७३ असोज ३ गते खानलाउन नदिई घरबाट निकालेका थिए । जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा भएको छलफलपछि उनीहरुले मिलेर बस्ने सहमति गरेका थिए । राजविराज २ मा छुट्टै डेरा लिएर बसेका अन्जना र दीपेन्द्रबीच मनमुटाव बढेपछि अन्जना राजविराज नगरपालिका ९ मलेठस्थित माइतीघरमा बस्न थालेकी थिइन् ।
दीपेन्द्र भने जेठी श्रीमति रेश्मीदेबीसँग राजविराज ५ मा डेरा लिई बस्न थालेका थिए । जेठीसँग बसेकोमा कान्छी चिढिएकी र यही क्रममा गत मंगलबार मादक पदार्थ सेवन गरी कान्छी भेट्न जाँदा विवाद बढी हत्या गरिउको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।
Post a Comment