अर्थात् जिउँदै स्वर्ग पुग्न पाए हुन्थ्यो भन्ने कल्पना हुन्छ सबैको । तर नमरी स्वर्ग देखिन्न भन्ने उखान अनुसार जिउँदै स्वर्ग पुग्न नसकिने यथार्थले मन अमिलो बनाउँछ । तर दुखी हुने कारण छैन ।
किनकी जिउँदै स्वर्ग जाने ढोका चीनमा पत्ता लागेको छ । उक्त स्वर्गको ढोकामा पुग्नका लागि ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ ।
वास्तवमा चीनमा एउटा पहाडमा झण्डै ५ हजार फिटको उचाइमा एक गुफा छ । जुन दुनियाको सबैभन्दा अग्लोे गुफा हो । उक्त गुफालाई स्वर्गको ढोका पनि भनिन्छ ।
सन् २५३ मा पहाडको केही भाग खसेपछि उक्त गुफाको निर्माण भएको बताइन्छ । यो गुफाको लम्बाइ १९६ फिट तथा उचाई ४३१ फिट तथा चौडाई १८७ फिट छ ।
पहाडको धेरै उचाइमा रहेका कारण यो गुफा प्रायः बादलले ढाकिएको हुन्छ । सोही कारण पनि यसलाई स्वर्गको ढोका भनिन्छ । उक्त गुफामा जानका लागि केवल कार चढ्नुपर्छ ।
दुनियाको सबैभन्दा लामो तथा सबैभन्दा उचाइमा रहेको उक्त केवल कारको लम्बाई २४ हजार ४५९ फिट छ । यो केबलकार गिनिज बुकमा दर्ज छ ।
केबलकार तथा त्यसपछि थोरै सडकमार्गबाट ओर्लिसकेपछि गुफासम्म पुग्नका लागि ९ सय ९९ वटा सिँढी उक्लिनुपर्छ । ताओ दर्शनका अनुसार ९९९ सिँढी सर्वोच्च नम्बर हो र सम्राटको प्रतिक हो ।
Post a Comment