Latest Updates :

श्रीमान बिदेश भएकी महिलालाई बलात्कार गर्न खोज्दा पाएको जुत्ताको माला

SHARE THIS POST :
कैलाली / कैलालीको दुर्गम गाउँमा एक महिलालाई बलात्कार गर्न खोज्नेलाई स्थानीयबासिले कालोमसो दलेर सजाय दिएका छ्न् ।

जिल्लाको कैलारी गाउँपालिका–१, दक्षिण मझरका टुक्की भनेर चिनीने कृष्ण चौधरीलाई सार्वजनिक स्थानमा कालोमसो र जुत्ताको माला लगाएर परिक्रमा गराएका हुन्। चौधरीले सोही गाउँकी एक महिलालाई २३ गते राति महिलालाई बलात्कार गर्ने प्रयास गर्दा उनी भाग्न सफल भएकी थिइन्।

महिलाले प्रतिकार गर्दा चौधरीले उनलाई कुटपीट समेत गरेको पीडितले बताएकी छिन्। उनी चिच्याएपछि गाउँलेले थाहा पाएपछि चौधरीलाई पक्राउ गरेका थिए।

भारतमा रोजगारी गर्दै आएको चौधरीलाई चैत २४ गते गाउँमा सार्वजनिकस्थलमा कालोमसो दल्नुका साथै दुई लाख रुपैयाँ समेत जरिवाना गरिएको छ। यस विषयमा प्रहरीले औपचारिक रुपमा कुनै जानकारी नआएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढा मगरले भने, ‘महिला माथि दुव्र्यवहार भएको जानकारी भएपनि बलात्कार गर्ने प्रयास गरेको विषयमा कुनै जानकारी छैन।’

स्थानीय भलमान्सा र सर्वसाधारणले समाजिक रुपमा त्यो विषयमा केही गरेको पनि जानकारी नभएको उनले बताए।

यस विषयमा हसुलीया प्रहरी कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको प्रहरी नायव उपरिक्षक बुढाले बताए। ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले बताए।

उनलाई चैत्र २४ गते सार्वजनिक रुपमा कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइएको थियो। बलात्कारको प्रयास गर्ने कृष्णलाई दुई लाख रुपैयाँ जरिवाना पनि तोकिएको जनाइएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger