Latest Updates :

भर्खरै गयो सक्ती साली भुकम्प

SHARE THIS POST :
काठमाडौं, २२ जेठ– बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ ।मंगलबार बिहान गएको भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा महसुश गरिएको छ ।भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो ।बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।काठमाडौँ ।

काठमाडौँको न्युरोडबाट ५१ लाख ४ हजार ५ रुपैयाँसहित ७ जना हुण्डी कारोबारी पक्राउ परेका छन्।आज सोमबार दिउँसो काठमाडौंको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।पक्राउ पर्नेमा काठमाडौँका २९ वर्षीय राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका ३१ वर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थानका ५२ वर्षका शिवकुमार साङ्तानी रहेका छन्।त्यस्तैगरी भारत मुम्बईका ४६ वर्षका अरुण सावरथिया, दिल्लीका ३८ वर्षका रवीन्द्र चोखानी, ४७ वर्षका राजकुमार सिघान्ची र राजस्थानका ५२ वर्षीय जगदिश राना सरिया छन्।

पक्राउ परेका उनीहरुको साथबाट ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ रुपैयाँको चेक, मोबाइल, ल्याप्टप र विभिन्न कागजातहरु पनि फेला परेको प्रहरीले जनाएको छमाडौं । काठमाडौं प्रहरीले आफूलाई जबरजस्ती रुपमा कागज गराएको र चेक कटाएको भन्दै व्यावसायी अनिल गजमेरले गृहमन्त्रालयमा उजुरी दिएका छन् ।आइतबार गृहमन्त्री राम बहादुर थापालाई भेटेरै गजमेरले आफूलाई काठमाडौं प्रहरीले जबरजस्ती कागज गराएको बताएका थिए ।गत जेठ ६ गते लेनदेनसम्बन्धी विवादमा काठमाडौं प्रहरीका प्रमुख विश्व पोखरेलको निर्देशनमा गजमेरलाई पक्राउ गरिएको थियो । मेनपावर व्यावसायी राधिका कटवालको दबावमा प्रहरीले गजमेरलाई पक्राउ गरी जबरजस्ति ४५ लाखको चेकमा हस्ताक्षेर गराएका थिए भने २०७४ सालको कागजातमा हस्ताक्षेर गर्न लगाएको थियो ।

उच्च अदालत पाटनले तीन पटकसम्म राधिका र गजमेरबीचको लेनदेनलाई ‘देवानी मुद्दा भन्दै’ प्रहरीलाई धरपकड नगर्न, पक्राउ नगर्न भन्दै निषेधाज्ञा समेत जारी गरेको थियो । गजमेरका अनुसार उक्त लेनदेन सन् २०१२ मै फट्टा भइसकेको भएता पनि कटवालले पटक पटक उजुरी दिँदै आएकी छिन् ।गृहमन्त्रालयले काठमाडौं प्रहरीका प्रमुख विश्व पोखरेललाई बोलाएर सोधपुछ समेत गरेको छ । ‘उहाँलाई बोलाएर सोधपुछ भएको हो,’ गृहमन्त्रीका निजी सचिव डा. डिजन भट्टराईको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘यो विषयमा अलि लामो अनुसन्धान गर्नुपर्ने देखिन्छ

धनगढी ।एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए ।

सिंहका अनुसार राना घटनाका मुख्य योजनाकार हुन् । ‘घटनामा उनैले आईएमईका कर्मचारीमाथि गोली प्रहार गरेका थिए’, सिंहले भने, ‘उनीहरु ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’यसअघि १३ जेठमा सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत आईएमईमा जाँदै गर्दा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएकाहरूले गाेली प्रहार गरेर रकम लुटेका थिए ।स्रोतका अनुसार कल्लुले गोलीले प्रहार गरेर लुटेको स्वीकार गरिसकेका छन् ।उनी यसअघि पनि जबरजस्तीकरणी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन् । ०६८ सालमा कञ्चनपुरमा उनी पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger