Latest Updates :

धुर्मुसमाथी भयो यस्तो आक्रमण यस्तै हो भने म यो धर्तीमा रहन्न

SHARE THIS POST :

कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसको अगुवाईमा देशकै पुरानो वीर अस्पताल काँचुली फेर्ने क्रममा छ । गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले बोलाएर धुर्मुस-सुन्तलीलाई वीर अस्पताल सफाइ अभियानमा साथ दिन आग्रह गरेकी थिइन् । पछि यसमा अरु थुप्रै सामाजिक अभियन्ताहरु जोडिए । सरकारका सरसफाइ दूत रहेका धुर्मुस सुन्तलीले आफै अहोरात्र अस्पतालमा खटेर सरसफाइको नेतृत्व गरे । यही क्रममा उनले अस्पताललाई नमूना रुप दिन रंगरोगन तथा अन्य भौतिक व्यवस्थापन पनि आवश्यक रहेको भन्दै मन्त्री अर्याल र अस्पताल व्यवस्थापनसँग यसका लागि प्रस्ताव राखे ।



मन्त्रीले खुशी भएर सहमति दिइन् । पत्रकार सम्मेलनमा धुर्मुस स्वयम् पनि उपस्थित थिए । उनले सुरुदेखि नै स्वास्थ्यमन्त्री र वीर अस्पतालका निर्देशकसँग समन्वय र सहकार्यमा काम गरिरहेको बताए ।

‘मैल जे गरेको छु, उहाँहरुसँग सोधेर सहमतिमा गरेको छु,’ उनले भने । पछिल्ला दिनमा केही मिडियाहरुमा आफूमाथि अवाञ्छित आरोपहरु आएको भन्दै धुर्मुस पत्रकार सम्मेलनमा भावुक बनेका थिए । ‘आफ्नो व्यक्तिगत काम सबै छोडेर, घरपरिवार छोडेर दिनरात देश सेवामा खटिएको छुृ, तर, ममाथि नै विभिन्न आरोपहरु सञ्चारमाध्यममा आएको देख्दा पीडाबोध भएको छ,’ धुर्मुसले भने, ‘मेरा सबै काम पारदर्शी छन्, यदि कुनै काममा एक रुपैयाँ पनि हिनामिना भएको कसैले प्रमाणित गरेमा त्यो दिनबाट म यो धरतीमा रहन्न ।’ उनले अहिलेसम्म वीर अस्पतालका लागि आफूले चन्दा आह्वान नगरेको बताए । ‘जब पनि संकलन भएको छ, स्वतस्फुर्तरुपमा भएको हुँ । हाम्रो कामबाट प्रभावित भएर दाताहरु आफैं आएर सहयोग गर्न चाहेपछि नलिनु कसरी ?’ धुर्मुसले भने । अहिलेसम्म आफूले जति पनि काम गरेको छ, निश्वार्थरुपमा गरेको भन्दै उनले अनेकथरी प्रश्न उठाइँदा चित्त दुख्ने बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger