Latest Updates :

सात कक्षामा पढ्ने छात्रालाई ११ कक्षामा पढ्ने छात्रले हैरान बनाएपछि घट्यो यस्तो दुर्घटना…

SHARE THIS POST :

एक निजी स्कुलमा ७ कक्षामा पढ्ने छात्रा शुक्रबार स्कुलबाट फर्किएपछि अचानक बिरामी भइन् ।परिवारले उनलाई तत्काल अस्पताल लिएर गए । उपचारको क्रममा राती १० बजे उनको मृत्यु भयो ।
डाक्टरका अनुसार उनको मृत्यु कुनै विषालु पदार्थको सेवनका कारण भएको हो । १४ वर्षकी श्रेया नामकी ती छात्राको स्कुलमा शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गतको कार्यक्रम थियो ।
तलको भिडियो हेर्नुहोस
कार्यक्रममा सहभागी भएर साँझ उनी घर फर्किएकी थिइन् । ती छात्राले वाराणसीको केभीएन पब्लिक स्कुलमा पढ्थिन् । प्रहरीले शव पोष्टमार्टमको लागि पठाएको छ । ती छात्राका परिवारका अनुसार सोही स्कुलमा ११ कक्षामा पढ्ने एक छात्रले श्रेयालाई सताइरहन्थे ।
ती छात्रको क्रियाकलापबाट आजित भएर परिवारले ७ महिनाअघि स्कुलमा यसबारे गुनासो पनि गरेका थिए । तर स्कुलले कुनै कारवाही नगरेको परिवारले बताएका छन् । यसपछि ती छात्रको हौसला बढ्यो र उनले लगातार श्रेयालाई सताउन थाले । यही कारण श्रेयाले विष पिएको परिवारले आरोप लगाएका छन् ।
स्रोत:onlinepalanchok

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger