Latest Updates :
SHARE THIS POST :

अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् ।
कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्‍याउने यो मुख्य वस्तुको गुणस्तर खस्केको, स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट भएको गुनासो तालुक मन्त्रालयसमक्ष पुगेपछि सोमबार कृषिमन्त्री चक्रपाणि खनालले राजधानीका चारवटा डेरीमा छापा मारे ।
कृषि राज्यमन्त्री रामकुमारी चौधरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, फुड इन्स्पेक्टरसहित बालाजु औद्योगिक क्षेत्र पुगेका मन्त्री खनालले औद्योगिक क्षेत्रभित्र सञ्चालित आधुनिक डेरी प्रोडक्ट लिमिटेड, सामूहिक कृषक लिमिटेडको सुलभ दूध, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र औद्योगिक क्षेत्र बाहिरको पुष्प डेरी फार्ममा छापा मारेका थिए।
यी सबैमा सरसफाइको कमी देखिन्थ्यो । यीमध्ये दूध बनाउन प्रयोग गरिने धूलो दूधका बोरामा उत्पादन म्याद नखुलेको भेटिएपछि आधुनिक डेरीका ३ र पुष्प डेरीको एक गरी ४ वटा गोदाममा मन्त्री खनालले सिलबन्दी गराए । धूलो दूध बाक्लो दही बनाउन तथा दूधमा हुने ठोस पदार्थ (एसएनएफ) को मात्रा बढाउन प्रयोग गरिन्छ । त्यस्तै उद्योगीले किसानबाट दूधकम संकलन नहुने अवस्थामा धूलोबाटै प्रशोधित दूध बनाई चिल्लो पदार्थ (फ्याट) मिश्रण गरी बिक्री गर्छन्।, यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।
स्रोत:.sandeshnepali

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger