खत्रीकी छोरी ४५ वर्षीया ईश्वरी थापाको गय राति लादुकमै भएको बोलेरो दुर्घटनामा परि मृत्यु भएको थियो । बाबरे स्थायी घर भएपनि लादुकमै बस्दै आएकी ईस्वरीको हिजो बेलुकी घर फर्किने क्रममा बोलेरो दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु भएकी ईस्वरी थापा र उनका बाबु भुवनसिँह खत्रीको सिँगटी स्थित तामाकोसी नदी किनारको दोभानमा आज अन्त्यष्टि गरिएको छ । दुर्घटनामा मृत्यु भएकी ईस्वरीको शवलाई पोष्टमार्टम गरेर सिँगटी पु¥याउनु अगावै बाबु भुवनसिँहको शवलाई घाटमा पु¥याईएको थियो । दुई छोरीका बुबा भुवनसिँह श्रीमतिको मृत्युपछि जेठी छोरीको साथमा लादुकमा बस्दै आएका थिए ।दुर्घटनामा मृत्यु भएकी ईस्वरीको शवलाई पोष्टमार्टम गरेर सिँगटी पु¥याउनु अगावै बाबु भुवनसिँहको शवलाई घाटमा पुयाईएको थियो । दुई छोरीका बुबा भुवनसिँह श्रीमतिको मृत्युपछि जेठी छोरीको साथमा लादुकमा बस्दै आएका थिए ।
सिंगटीबाट लादुकतर्फ जाँदै गरेको बा १४ च १६८१ नम्बरको बोलेरो गय राति दोलखाको विगु गाउँपालिका ४ लादुकस्थित खहरेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ८ जना घाईते भएका थिए । दुर्घटनामा परि ईश्वरी थापा र वडा नम्वर ४ लादुककै ५० वर्षीय टिका बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परि बोलेरो चालक विगु ४ लादुकका ३४ वर्षिय दिपक नेपाली, सोही स्थानका ३१ वर्षिय गुरु नेपाली, ३२ वर्षिया हिमालु नेपाली, ४० वर्षिया स्वस्थानी खत्री, ४४ वर्षिय शान्त सुवेदी, ५९ वर्षीय परशुराम खत्री, ५० वर्षीय बाबुुराम खत्री र ७० वर्षीय अमृत बहादुर थापा घाईते भएका छन् ।
घाईते मध्ये चालक नेपाली, अमृत बहादुर थापा, स्वस्थानी, परशुराम र बाबुराम खत्रीको राजधानीमा उपचार भईरहेको दोलखा प्रहरीले जनाएको छ । यस्तै, गुरु नेपाली र हिमालु नेपालीको सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा तथा शान्त सुवेदीको सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भएको छ । लोड बढि भएका कारण घुम्तिमा मोड्ने क्रममा सडकबाट करिव ४० मिटर तल खसेर बोलेरो दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी बासुदेव पाठकले जानकारी दिनुभयो ।
स्रोत:onlinepalanchok
Post a Comment