Latest Updates :

सुनसरीमा शवसँगै जिउँदो सर्प फेला परेपछि सबै आश्चर्यमा, रहस्यमय बन्दै घटना

SHARE THIS POST :
सुनसरी। सुनसरीमा शवसँगै जिउँदो सर्प फेला परेपछि सबै आश्चर्यमा परेका छन् । सुनसरीको इटहरी ९ स्थित दिपेन्द्र चौकमा सडक नजिक रामधुनि नगरपालिकाका अन्दाजी ५१ बर्षिय राम भट्टराईको शव फेला पर्दा उनको शवसँगै जिउदो सर्प समेत भेटिएको प्रत्यक्षदर्शीले जानकारी दिए । ५१ बर्षिय राम भट्टराईको मृत्यु के कारणले भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवको पोष्टमार्टमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको मृत्यु सर्पको डसाईले भएको हो वा अन्य कारणले हो भन्ने कुराको रिर्पोट अझै आइसकेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार भट्राईले उक्त सर्प आँफैले समातेको बताइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger