Latest Updates :

विश्वकप : साउदी अरेबियाका खेलाडी चढेको विमानमा आगलागी, खेलाडी सुरक्षित

SHARE THIS POST :
एजेन्सी :विश्वकप खेलमा सहभागी हुन रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी चढेकाे विमानमा अागलागी भएकाे छ । विश्वकपमा उरुग्वेसँगको खेलका लागि रूस जान विमानमा सवार खेलाडी तथा खेल पदाधिकारी भने सुरक्षित रहेकाे जनाइएकाे छ ।

साउदी नेशनल टिमकाे ट्विटरमा जनाइए अनुसार विमानको इन्जिनमा आगलागी भएको थियाे । तर सबै खेलाडीहरू सुरक्षित रूपमा रूस पुगिसकेकाे जनाइएकाे छ ।

साउदी अरेबियाले बुधबार हुने आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्ने कार्यतालिका रहेकाे छ । समूह ए मा रहेको साउदी उद्घाटन खेलमा आयोजक रुससँग पराजित भएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger