Latest Updates :

नेपालमा श्रीमती र १ छोरी छोडेर धन कमाउन गएका गोरखाका टोपबहादुर युएईमा सुतेको सुत्यै अस्ताए

SHARE THIS POST :
वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्सको अबुधाबी गएका भीमसेन थापा गाउँपालिका ६ अश्राङ रीपका ३१ वर्षीय टोपबहादुर आले मगरको मृत्यु भएको छ । काम सकेर राति सुतेका आले बिहान मृत भेटिएको त्यहीँ काम गर्ने नेपालीले जानकारी दिए ।
गत मंगलबार कोठामा खाना खार्इ सुतेका टोपबहादुर अबेरसम्म पनि नउठेपछि साथीहरूले उठाउन खोज्दा उनको मृत्यु भैसकेको थियो। मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। उनको शव पोस्टमाटमको लागि आबुधवीको खलिफा हस्पिटलमा राखिएको छ।
उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउनको लागि आइतबारदेखि कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।
आलेले ६ वर्ष अघिदेखि अबुधावीमा काम गर्दै आएका थिए । अबुधावीस्थित अल ड्राफा फुटबल क्लबमा रहेको जिम हलमा कोचको रूपमा काम गर्ने उनले बताए । टोपबहादुरको श्रीमती र १ छोरी छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger