Latest Updates :

कुकुर र माछाको यो रमाइलो भिडीयो हेरेर तपाईं हासो रोक्न सक्नु हुन्न (भिडीयो सहित)

SHARE THIS POST :
काठमाडौँ : हामीलाई थाहै भएको कुरा हो मान्छेहरुले एक आपसमा मित्रता पुर्ण व्यवहार गर्दछन् ।

तर कहिलेकाँही मान्छे मात्रै नभएर जनावरहरुले पनि एकदमै भद्र भएर एक आपसमा भद्र भएर व्यवहार देखाँउछन् ।

एक स्थानमा उस्तै भएको छ । केहि परिवार कुकुरलाई पनि लिएर समुद्रमा माछालाई खाना खुवाउन जान्छन् र र त्यही क्राममा संगै गएको कुकुरले समुद्रमा हुने माछासंग खाना खुवाउदै मित्रवत व्यवहार देखाउँछ ।

उनीहरु यति नजिक हुन्छनकी त्यहाँ उपस्थित सबैलाई आँखा अगाडि भएको कुरा पनि पत्यार लाग्दैन ।

कुकुर र माछाको चर्चिकला भएको यो भिडियो हेरेर तपाँइ आफ्नो हाँसो रोक्न सक्नु हुन्न ।

हेरौं भिडियो

अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला काठमाडौँ, १३ असार (रासस) ः अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन् ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने फैसला गरेको हो । सो फैसलाले अपाङ्गता भएका व्यक्तिलाई सगरमाथा आरोहण गर्न बाटो खुल्ला भएको छ ।

दुवै हात वा दुवै खुट्टा वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने भन्ने पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ नेपालको संविधानको मौलिक हकअन्तर्गत समानताको हकसँग बाँझिएको हुँदा सो नियमावली खोरज भएको फैसलामा उल्लेख छ ।

सर्वोच्च अदालतमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईंका तर्फबाट भानु निरौलाले पर्वतारोहणसम्बन्धी नियमावलीमा अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने गरी बनाएको नियमावली खारेज गर्न माग गर्दै गत फागुन १४ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३ को उपनियम २ (क) थप गरी दुवै हात वा दुवै खुट्टा नभएको वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने गरी भएको नियमावली संशोधन तत्काललाई कार्यान्वयन नगर्नु÷नगराउनु भनी सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानूनको प्रयोगमा विभेद गर्न नपाइने संवैधानिक व्यवस्था हनन भएको, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिमा व्यवस्थाअनुसार बिना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित गरेको, अपाङ्गता भएका व्यक्तिको आत्म सम्मानमा चोट पुगेको, संविधानको धारा, ४२ ले प्रदान गरेको सामाजिक न्यायको हकमा नै बन्देज गरेको रिट निवेदनमा उल्लेख छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger