काठमाडौं- नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ परेका छन्।सिन्धुपाल्चोक ठुलोपाखरकी मिना लामा र उनका श्रीमान श्याम कुमार लामालाई दुबईको प्रहरीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।
पक्राउ परेकी मिनालाई प्रहरीले इन्टरपोलको सहयोगमा आइतबार नेपाल ल्याएको छ भने उनका श्रीमानलाई आगामी साता ल्याउने तयारी गरेको छ। महानगरीय अपराध महाशाखाका डिएसपी मनोहर भट्टका अनुसार उनीहरुले सिन्धुपाल्चोककै प्रिती तामाङलाई कुबेत लगेर बेचेका थिए।
प्रितीलाई कुबेत लगेर बेच्ने विजय तामाङलाई गत भदौमा महाशाखाले पक्राउ गरी मुद्दा दायर गर्दा सो गिरोहका नाइके मिना र श्याम भएको खुलेको हो। उनीहरु कुवेतमै बसेर यस्तो धन्दामा सक्रिय रहेका खुलेपछि नेपाल प्रहरीले रेड कर्नर नोटिसका लागि प्रक्रिया अघि बढाएको छ।उनीहरुले कुबेतमा बसेर सयौं नेपाली चेलीहरुलाई बिक्रि गरेको प्रहरी अनुमान छ।-
Post a Comment