हेमन्त न्याैपाने
कञ्चनपुर,कैलालीको गोदावरी नगरपालिका स्थित ससुराली गएका बेला बेपत्ता बनेका पुनर्वासका तेजबहादुर विष्टको मंगलबार शव फेला परेको छ । प्रेमी दीपक खत्रीसँग मिलेर मृतककी श्रीमती लक्ष्मी बडैला बिष्टले माइती घर नजिकैको भासु भीरबाट धकेलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

माइत गएकाबेला श्रीमानलाई घुम्न जाने भन्दै खानीडाँडा लगेर भीरबाट मोटरसाइकलसहित धकेलेर हत्या गरेको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । कल डिटेलको आधारमा अनुसन्धान गर्दैजाँदा हत्याको रहस्य खुलेको प्रहरीले बताएको छ । लक्ष्मी बडैला, उनका प्रेमी खत्रीसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे ।
पुनर्वास नगरपालिका वडा नम्बर २ दसरथ बस्तीका तेज बहादुर बिष्ट बेपत्ता बनेपछि फेसबुक लगायत समाजिक सञ्जालमा व्यापक खोजी गरिएको थियो ।
Post a Comment