Latest Updates :

गर्मीमा लिच्ची खाँदा हट्छ यस्ता ठुला रोग, थाहा पाउनुहोस् लिच्ची खाँदा हुने फाइदा

SHARE THIS POST :
गर्मीमा दिनदिनै लिच्ची खाँदा अनेकौं समस्या भाग्छन् । यहाँ हामी फाइदाहरू बताउँछौं ।
बलियो रोगप्रतिरोधात्मक क्षमता
लिच्चीमा बिटा क्यारोटिन, राइबोफ्लेभिन, नियासिन र फोलेट टन्नै हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । पेटसम्बन्धी समस्या भएका मानिसले लिच्ची खाँदा राम्रो हुन्छ ।
तौल नियन्त्रण
लिच्चीमा फाइबर पाइन्छ जसले तौल नियन्त्रण गर्न सहयोग गर्छ । छिट्टै मोटोपन घटाउन चाहने मानिसले लिच्ची खानुपर्छ । बिहान लिच्ची खाँदा भोक नियन्त्रणमा रहन्छ अनि पेट पनि भरिएको अनुभव हुन्छ ।
पानीको आपूर्ति
लिच्चीको रस पौष्टिक हुन्छ । गर्मीमा शरीरमा पानीको अभाव हुन्छ । लिच्चीले यो अभाव पूरा गर्छ । यसले शरीरलाई चिसो पनि बनाउँछ ।
बच्चाको विकास
लिच्चीमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम हुन्छ । यसले बच्चाहरूको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । लिच्चीले हड्डीको रोग अस्टियोपोरोसिसलाई रोक्छ ।
क्यान्सर
क्यान्सर कोषिकासँग लड्ने गुण लिच्चीमा हुन्छ । दिनदिनै लिच्ची खाँदा क्यान्सरका सेलहरू बढ्न पाउँदैनन् ।
गला सफा गर्न
गला खिचखिच गरेर समस्या परेको छ भने लिच्ची खाने गर्नुस् ।
पेट
छेरपट्टी, बान्ता, अल्सर र पेट सुन्निने समस्यालाई कम गर्नका लागि लिच्चीको सेवन लाभदायक हुन्छ । लिच्चीले पत्थरीको पीडामा पनि राहत दिन्छ ।
तर धेरै लिच्ची नखानुस् । त्यसो गर्दा चिलाउने, सुन्निने र सास फेर्न समस्या हुने हुन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger