Latest Updates :

जेलबाटै रेशम चौधरीले पठाए डा। बाबुराम भट्टराईलाई यस्तो पत्र !

SHARE THIS POST :
टीकापुर कैलालीमा गत २०७२ भदौ ७ मा भएको नरसंहारका मुख्य आरोपी रेशम चौधरी अहिले जेल जीवन बिताई रहेका छन् । तर उनले अहिले सम्म उक्त घटना आफुबाट नघटेको र आफुलाई फसाइएको भन्दै आएका छन् । चौधरीले डिल्लीबजारस्थित सदरखोरबाटै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई एक पत्र लेखेर पठाएका छन् । पत्र चौधरीले समसामयिक बिषयमा कलम चलाउदै आएका पत्रकार दिलनिशानी मगरमार्फत भट्टराईलाई पत्र पठाएका हुन् । भट्टराईलाई दिलनिशानी मगरले पत्र हस्तान्तरण गर्दै ।
गत जेठ १७ गते लेखिएको पत्रमा आफ्नो पिडा र गुनासो प्रसस्तै पोखेका छन्। हिजो इतिहास पढेका उनले अहिले आफैले प्रत्यक्ष भोग्दै आएको कुरा उल्लेख गरेका छन् । ३ वर्षदेखि अदालतले कुनै फैसला नगरी पुर्पक्षका लागि २६ जनालाई थुनिराखेको उल्लेख गर्दै भनेका छन्, टीकपुर घटना राजनैतिक हुन सकेन, बनाइएन । हुन नसक्नु र बनाइनुको पछाडि एउटै कारण हो एउटै वर्ग र समूदाय मात्रै आन्दोलनमा सहभागि हुनु । उनले आफूहरुले शान्तिर समृद्धि चाहेपनि न्याय नपाएका आक्रोशित जनताको बीचमा मुलुकले कसरी समृद्धिको फड्को मार्न नसक्ने समेत दाबी गरेका छन् । चौधरीले भट्टराईसँग छलफल गर्ने ईच्छा भएकाले कारागारमा भट्टराई आउने अपेक्षा गरिरहेको समेत उल्लेख गरेका छन् । दिलनिशानी मगरले आइतबार नै भट्टराईलाई भेटेर पत्र हस्तान्तरण गरिसकेका छन् । हेर्नुहोस बाबुराम भट्टराईलाई लेखेर पठाएको उनको पत्र :
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger