Latest Updates :

राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको जिम्मेवारी लिने यी को हुन् ? (भिडियोसहित)

SHARE THIS POST :
काठमाडौं-तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको १७ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको हत्याकाण्ड भएको थियो।

शुक्रबार राति नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको पारिवारिक जमघटका बेला राजा वीरेन्द्रसहित रानी एेश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएका थिए। घटनामा वीरेन्द्रका भाइ राजकुमार धीरेन्द्र, बहिनीहरू राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, र ज्वाइँ कुमार खड्गलगायत राजपरिवारका अन्य सदस्यहरूको हत्या भएको थियो। राजा वीरेन्द्रको निधन भएपछि अस्पतालमा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो। जेठ २२ मा उनको मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले त्यो छवि कायम राख्न सकेनन्। परिणामस्वरूप नेपालमा राजतन्त्र धेरै समय रहेन। हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो। उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन।

तत्कालीन प्रधानन्यायाधीश, सभामुख सहभागी उच्चस्तरीय छानबिन समितिले सो घटनाको दोषी युवराज दीपेन्द्रलाई देखाई प्रतिवेदन सार्वजनिक गरेको थियो। देवयानी राणासँगको प्रेमका कारण दीपेन्द्रले हत्याकाण्ड मच्चाएको प्रतिवेदनको सार थियो। तर यहाँ एक सनसनी पूर्ण भिडियो बाहिरिएको छ। उक्त भिडियोमा दरबार हत्याकाण्डको जिम्मेवारी यिनी को हुन ? भिडियो हेर्नुहोस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger