Latest Updates :

नेपाली युवाको लागि खुशीको खबर ! युरोपेली मुलुक मरिससले दिने भयो यति धेरैलाई रोजगारी, न्युनतम तलब कति ? (पूरा पढ्नुहोस्)

SHARE THIS POST :
काठमाडौं, १५ असार । सरकारले नेपाली युवाका लागि नयाँ रोजगारी गन्तव्य मुलक खोजीरहेका बेला युरोपेली मुलुक मरिससले वार्षिक ३० हजार नेपाली युवा लिन प्रस्ताव गरेको छ। मरिससले नेपाल सरकारसँग (जिटुजी गरेर) वार्षिक ३० नेपाली कामदार आपूर्ति गर्ने प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
युरोपेली राष्ट्र मरिससले नेपालबाट वार्षिक ३० हजार कामदार आपूर्ति गर्ने विषयमा श्रम मन्त्रालयसँग अनौपचारिक छलफल भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। मरिससमा मासिक ७० हजारभन्दा बढी कमाइ हुनसक्ने मन्त्रालय स्रोतको भनाइ छ।
मरिसस युरोपभित्रको सानो विकशित देशमा पर्छ। मरिससले गएका केही वर्षदेखि मात्र विदेशी कामदार आपूर्ति गर्ने कार्य सुरु गरेको छ। मरिसससँग कोरिया मोडलमा कामदार पठाउने गरी प्रस्ताव गर्ने तयारीमा मन्त्रालय रहेको स्रोतको भनाइ छ।
मरिससमा जाने कामदारका हकमा पनि फ्रि–भिसा र फ्रि–टिकट लागू गरिने मन्त्रालय स्रोत बताउँछ। मरिससले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कै सुविधा दिएर नेपालबाट कामदार आपूर्ति गर्ने प्रस्ताव गरेको बुझिएको छ। श्रम मन्त्रालयले भने सरकारस्तरमा श्रम सम्झौता नगरी कुनै पनि देशमा नेपाली कामदार नपठाउने सर्त राख्दै आएको छ। रोजगारीका लागि भन्दै हालसम्म नेपाली कामदार मरिसस गएको तंथ्याक छ्रैन। मन्त्रालयले मरिसस कामदार आपूर्ति गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको जानकारी दिएको छ।
यस्तै, पोर्चूगलले पनि नेपाली कामदार लिने विषयमा चासो देखाइरहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ। गत महिना जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टसँग पोर्चुगलका श्रम तथा कानुन मन्त्रीले दोहोरो श्रम सम्झौता प्रणालीमार्फत रोजगारीका लागि नेपाली युवा आपूर्ति गर्ने प्रस्ताव गरेका थिए। पोर्चुगल अहिले पनि नेपाली युवा रोजगारीमा व्यक्तिगत श्रम स्वीकृतिमा गइरहेका छन्। चालु आर्थिक वर्षको ११ महिनामा ३ हजारभन्दा बढी युवा रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति लिएर पोर्चुगल पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।
श्रम मन्त्रालयले भने बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य नभएसम्म मलेसिया र खाडीका देशको विकल्पमा अन्य नयाँ रोजगार गन्तव्य देशको खोजी गर्ने भएको छ। मन्त्रालयले जापान, क्यानडा, सिंगापुर, पोर्चुगल, ब्रुनाई र मरिससलाई नयाँ रोजगार गन्तव्य देशका रुपमा प्रस्ताव गरेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger