Latest Updates :

सत्य बोल्दा साथ पाइएन, मन दुखेको छ – नायिका सुकुमाया तामाङ

SHARE THIS POST :
सत्य बोल्दा सत्यको गहिराइमा पुग्ने व्यक्ति र संघ सस्थाको साथ नभएको महसुुस भएको गुनासो नायिका सुकुमाया मोक्तान तामाङले सामाजिक संजाल फेसबुकमा दुख व्यक्त गर्दै लेखिकी छिन् | फेसबुकबाट जस्ताको त्यसतै पढ्नुहोला |
ल्हासो फ्याफुला !!! मेरो सम्पुर्ण शुभचिन्तक एवं आपा आमा ज्योज्यो आले नाना आङा सबैमा साइनो अनुसारको फ्याफुल्ला । म यहाहरु समक्ष बिनम्र पुर्वक यो कुराको जानकारी गराउन चाहन्छु कि शर्मिला स्याङ्तान तामाङले सगरमाथा आरोहण गर्न असफल भएको कुरा उ संगै यौटै मिसन लिएर गएको मान्छेहरुले भनिरहेको सुनेपछी । मैले शर्मिला स्याङ्तान आङालाई सगरमाथा आरोहण असफल भएको कुरा सुन्छु ,सत्य कुरा के हो आङा त्यसलाई बाहिर ल्याउनुस भन्दा उल्टै म माथि १५ प्रतिशत को झुटो आरोप लगाई मेरो चरित्र माथि नै मार हान्ने काम गरियो यो आरोपले मेरो ठूलो मानहानी भएको महशुस गरेकी छु । यदि मलाइ लागेको आरोप सत्य हो भने सजाय भोग्न तयार छु । होइन भने यसरि गलत आरोप लगाउन पाइदैन । शर्मिला असफल भएकै हो भन्ने कुरा एकै मिसन लिएर गएका छ्योकी शेर्पा लगायतले दावाको साथ जानकारी दिइरहेको भेटेपछि यो बिषयमा मेरो थप ध्यानाकर्षण भयो।र झुट कुराले समाजको बदनाम गराउछ भन्ने कुराको चिन्ताले सताउन थाल्यो ।
त्यसपछी शर्मिलाबाट सत्य आउनुको बदला उल्टो आरोप आएपछि । शर्मिला सगरमाथा आरोहण गर्नु पुर्व आरोहण सफलताको अभियानमा सम्लग्न व्यक्तित्वहरु र समाजका विभिन्न व्यक्तीत्वहरुलाई समेत उनी असफल भएकि रहेछिन् नि यसरी त हाम्रो पुरै समुदाय झुट कहलिन्छ सत्य कुरा बाहिर ल्याउनु पर्यो भन्दा कसैको गम्भीर चासो देखिएन । र म झुट कुराको फैलावटबाट हुने समाजको बदनामिलाई टुलुटुल हेरेर बसिरहन सकिन । त्यसैले मैले आफ्नो समुदायलाई झुटको नामले चिनिन बाट बचाउनु पर्दछ यो मेरो पनि दायित्व हो भन्ने ठानेर शर्मिला सगरमाथा आरोहणमा असफल रहेको कुरा सबै माझ प्रस्तुत गर्ने सहास गरेँ फेसबूक लाईभबाट । म सुकुमाया मोक्तान सदैब मेरो समुदायको भलो चाहाने व्यक्ति र समाज बाट के पाउछ भन्दापनि समाज लाइ के दिन सकिन्छ भनेर हिड्ने यो समाजको एक अभियान्ता हुँ । त्यसैले गर्दा मलाइ यसरि उल्टो गलत आरोप लगाउदा अत्यन्त मन दुखेको छ , मन रोएको छ । समाजको भलो सोचेर गलत कुरालाई गलत भयो भन्ने कुराको वकालत गर्दा । मै माथी अन्याय पर्दा यो बिषयमा बोलिदिने र मध्यस्ताकर्ता को भूमिका निर्बाह गरि सत्यको गहिराइमा पुग्ने व्यक्ति र संघ सस्थाको साथ नभएको महसुुस हुँदै छ । यसमा मलाइ दुख लागेको छ । अन्तमा मलाइ लागेको आरोप को छानबिन मेरो समुदायले गरिदिने छन् , यदि म गलत भए मलाइ गलत हो भनि समुदायले भनुन् म समुदाय ले दिएको सजाय भोग्न तयार रहेको कुरा पुनः दोहोर्याउछु ।मेरो जीवनको १५ बर्ष मैले मेरो समुदायको लागि लगानी गरेकी छु । त्यसैले मलाई मेरो भन्दा बढि समुदायको माया छ र जति माया बढी हुन्छ त्यतिनै बढी चिन्ता हुँदो रहेछ । त्यही चिन्ताकै कारण आज सत्यलाई उजागर गर्ने हिम्मत गरेकी छु । यो बिषय अत्यन्त जटिल बिषय बन्न गएकोले सम्बन्धित सबैमा ध्यानाकर्षण होस् भनि यहि फेसबूकबाटै पनि मेरो समुदाय प्रति यो नम्र निबेदन पेश गर्दछु धन्यवाद । सुकुमाया मोक्तान ।
नोट: शर्मिला आङा लाइ पनि म पुन अनुरोध गर्न चाहन्छु । आङा कृपया तपाइ ले सत्य कुराको जानाकरी गराउनुस समाजलाई । सत्य आखिर सबै माझ छर्लङ्ग भईनै हाल्छ । त्यति खेर तपाइको झुटले नै तपाईलाई पोलिरहने छ ।संसारमा कुनै काम एकै पल्ट सफल भएको बक्ति कमै मात्र छन् । नेपालको पहिलो माहिला सगरमाथा आरोही पासांग ल्हामु शेर्पाले पनि पटक पटक को प्रयास पछि सफल आरोहण गरेका थिए । त्यसैले अझैपनि केही बिग्रेको छैन । आफूले जहा सम्मको यात्रा पार गर्नु सक्नु भयो त्यहा सम्मको यथार्थ बताईदिनुस समाजलाई । फेरि अर्को पटक कोसिस गर्नुस । कोसिस गर्ने मान्छे कहिल्यै हार्न सक्दैन। बरु अर्को पटकको प्रयास सफलताको अग्रिम शुभकामना दिन्छु । तर यसरी १५% को झुटो आरोप लगाएर आफ्नो झुट लुकाउने कोसिस गरिरहनु भयो भने तपाईको जीवनको सबभन्दा ठूलो गल्ति यहि नै हुने छ । किनकी सत्यलाई झुटको पर्दा लगाएर लामो समयसम्म लुकाउन असम्भव छ । धन्यवाद !
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger