भक्तपुर । राजधानीका सानातिना खाजाघरहरुमा पछिल्लो समय यौनधन्धा मौलाएको छ। कतिपय स्थानमा प्रहरीकै संलग्नतामा यस्ता अखडाहरु संचालनमा रहेको पाइएको छ ।
यही क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ ।
खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो ।
सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ । राजधानीका यस्ता स्थानमा गाउँबाट ससाना बालिका ल्याएर यौन धन्धा चलाउने गरेको पाइएको छ। प्रहरी भने यसप्रति मुकदर्शक बनेर बसेको स्थानीयको गुनासो छ।
Post a Comment