Latest Updates :

यस्तो रहेछ कोरियाली नेता किमको सुरक्षामा खटिने रहस्यमयी समूहको वास्तविकता

SHARE THIS POST :

संसारले पुनः एकपटक सिंगापुरमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनको कारको पछाडिपछाडि उनका बडीगार्डहरु दौडिरहेको दृष्य देख्यो। यो कुनै नाटक थिएन । न त यस्तो पहिलोपटक नै भएको थियो । यसअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँगको भेटघाटअघि पनि यस्तै दृष्य देखिएको थियो ।

जब उत्तर कोरियायी नेताको सुरक्षाको कुरा आउँछ, उत्तर कोरिया कुनै कसर बाँकी राख्दैन । तर उनको गाडीको पछाडिपछाडि दौडिने रहस्यमयी समूह वास्तवमा को हो ?

विश्लेषक माइकल मैडनले यसबाट पर्दा हटाउँदै छन् । माइकल मैडन नर्थ कोरिया लिडरशिप वाचका निर्देशक हुन् र अमेरिकाको जोन हपकिन्स युनिभर्सिटीका भिजिटिङ स्कलर हुन् ।

उत्तर कोरियाका नेता किम जोंग उनलाई तीन श्रेणाीको सुरक्षा दिने गरिन्छ । सिंगापुरमा उनको सुरक्षाका लागि ब्ल्याक सूटमा बडीगार्डस दौडिरहेको देखिए।

यो समूह उनको लक्जरी गाडीका साथसाथै दौडिरहेका थिए । यो समूहलाई मेन अफिस अफ एडजुटेन्टस भन्ने गरिन्छ । यी सेनाका अधिकारी हुन्, जसले देशका प्रमुख व्यक्तिहरुलाई सुरक्षा प्रदान गर्दछ ।

अचुक सुरक्षाका लागि यो समूह किमको चारैतिर तत्काल घेरा बनाउँछन् । यिनीहरुको चयन कोरियन पिपुल्स आर्मीबाट गरिन्छ । यिनीहरुको लम्बाई किम जोंग उन समान हुन्छ । चयन गर्ने बेला यो पनि सुनिश्चित गरिन्छ कि उनीहरुका आँखामा कुनै समस्या नहोस् । यिनीहरु निशानेबाजी, मार्शल आर्टस र बन्दुक चलाउन दक्ष हुन्छन् ।

कसरी हुन्छ चयन

किमलाई सुरक्षा दिने समूहमा समावेश गरिनुअघि उनीहरुको पृष्ठभूमिको कठोर अध्ययन गरिन्छ । उनीहरुको दुई पिढी पनि यो अध्ययनको हिस्सा हुन्छ ।

समूहका अधिकांश सुरक्षाकर्मी किम जोंग उनका आफन्त वा उत्तर कोरियाका ख्यातिप्राप्त परिवारका हुन्छन् । बडीगार्डको प्रस्ताव स्वीकार गरेपछि जागिर छोड्ने विकल्प भने हुँदैन । उनीहरुलाई कठोर प्रशिक्षण दिइन्छ, ठिक ती सैनिकहरुलाई जसरी, जो विशेष अपरेशनका लागि तयार गरिन्छ ।

सुरक्षाकर्मीहरुको घेराले चारैतिर नजर राख्दछ । किम जोंग उन तीनदेखि पाँच सुरक्षाकर्मीका बिचमा हुन्छन्, जसमध्ये एउटा समूहको डाइरेक्टर हुन्छ । उनीहरु सबै सूट र टाइ लगाएका हुन्छन् ।

सुरक्षा व्यवस्था कस्ता कस्ता

किम जोंग उनका चालक लिनन वा लेदरको कपडा लगाउँछन् ताकि गाडीमा उनको नियन्त्रण कायम रहोस् । उनले कानमा इयरपिस लगाइरहन्छन् ताकि उनलाई सूचना प्राप्त भइरहोस् ।

यसको पहिचान विशेष तरिकाबाट गरिन्छ । उनको कपडामा विशेष पिन र ब्याच लागेको हुन्छ । त्यति मात्र होइन, पुष्टिका लागि विशेष कोडमा उनले कुरा पनि गर्नुपर्ने हुन्छ ।

मेन अफिस अफ एडजुटेन्ट्समा करिब २ सयदेखि ३ सय सुरक्षाकर्मी हुन्छन् । यसमध्ये आधा बडीगार्ड, बाँकी चालक र प्राविधिक हुन्छन् ।
चुरोटको समेत व्यवस्था गर्छन्
किमको सुरक्षा पंक्तिमा दोस्रो र तेस्रो घेरा गार्ड कमाण्डको हुन्छ । यसको काम त्यो स्थानको जाँच गर्नु हुन्छ जहाँ किम जान्छन्।
गार्ड कमाण्डका लागि सुरक्षाकर्मीहरुको चयन त्यसरी नै हुन्छ जस्तो मेन अफिस अफ एडजुटेन्ट्सको हुन्छ ।

यी सबैले किम जोंग उनका लागि विशेष फोन लाइनको व्यवस्था गर्दछन् । साथै उनको उपयोगका लागि विशेष कम्प्युटरको व्यवस्था पनि गर्दछन् । किम जोंग उनले के खाने छन्, के पिउने छन्, यहाँसम्म कि चुरोटको व्यवस्था पनि यही समूहले गर्नुपर्ने हुन्छ ।

गार्ड कमाण्ड ती सबै बाटोको आधा किलोमिटरसम्म सुरक्षित राख्दछन्, जहाँबाट किम जोंग उन यात्रा गर्दछन् ।जुन प्रकारको सुरक्षा उत्तर कोरियाका नेतालाई दिइन्छ, शायदै यस्तो सुरक्षा विश्वका कुनै पनि अन्य नेतालाई दिइन्छ होला ।
स्रोत: बीबीसी हिन्दीबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger