Latest Updates :

पक्राउ परेका सुन तस्कर ‘गोरे’ बारे बाहिरियो यस्तो रहस्य, रबि लामिछानेले खोले नखुलेका पाटा,भिडियो

SHARE THIS POST :
सेयर गरौ ‘गोरे’लाई सिधाकुरा:मा रविको आग्रह ‘सबैको नाम मात्र खोलिदेउ, इतिहासमा सुनकै अक्षरमा तिम्रो नाम लेखिनेछ’
३३ किलो सुन प्रकरणले नयाँ मोड लिएको छ । गृह मन्त्रालयले बनाएको समितिले हालसम्म गरेका कामलाई अपजस दिन खोजेको होइन तर भुरा माछाहरु मात्र समातेर, ३३ किलो होइन ३८ क्वीन्टल सुन भित्र्याउने गिरोहले ऐया पनि भन्दैन ।

टिआइए, भन्सार, प्रहरी, व्यापारी, तस्कर, गुण्डा र राजीतिज्ञहरुको मिलेमतो विना यति धेरै सुन कसरी भित्रिन्छ ? पक्राउ परेका होइनन् आत्म समर्पण गरेका गोरेले ज्यानको सुरक्षा यस कारण पनि मागेका हुन् कि यो गिरोहमा यस्ता मानिस पनि छन् जसले आफ्नो पोल नखुलोस् भन्नका लागि जसलाई जे पनि गरिदिन सक्छन् ।

थाहा छैन गृह मन्त्रालयका सहसचिवस्तरको नेतृत्वले कुन लेवलसम्मको पर्दाफास गर्ने आँट गर्छन् तर गोरेको हाउभाउ र बडिल्याङ्ग्युजले स्पष्ट बताइरहेको छ कि यसमा धेरै ठुला मानिसको हात छ । सारा दुनियाँ गोरे गोरे भनिरहेको बेला दुवईमा होटल खोलेर बसेका, रेष्टुरेण्ट खालेर बसेका र ४÷५ बर्षमा नै धनाढ्य भएका यि गोराका साथी भनौदा मोराहरु तिर चाँही खोइ ध्यान दिएको ?

दुवईमा त्यति धेरै पैसा पनि फल्दैन कि ४÷५ बर्षमा मानिस करोडपति बनोस् । एन आरएन कै छत्र छाँयामा बसेका गोराका केही अन्य मोराहरु डरले यति पिसाब फेर्दैछन् कि अति भएर डाइपर नै लगाउन थालेका छन् ।

छानविनको एउटा टोली दुवईमा पुग्नै पर्छ । यता भने छानविनमा प्रहरी मात्र होइन धेरै फुलिसहरु पनि त तानिनु पर्ला नि ? वर्षैदेखि चलेको धन्दामा यदि फ्याट् लाएर गोरेले कुनै पुराना एयरपोर्ट जीएमको नाम भनिदिए भने पुराना कुनै प्रहरी प्रमुखकै नाम भनिदिए भने, पुराना कुनै इमिग्रेसन प्रमुख अथवा भन्सार प्रमुखको नाम भनिदिए भने चन्दा दिएर धन्दा लुकाउने टप व्यापारीको नाम लिइदिए भने अथवा फ्याट् कुनै पुराना गृह मन्त्रीकै नाम लिइदिए भने के सहसचिव ज्युको समितिले त्यो बयान सार्वजनीक गर्ने आँट गर्छ ?

सायद गर्दैन, सायद के कुनै हालतमा गर्दैन । गोेरेले पोल्न सक्ने व्यापारीहरु, हुन सक्ला यतिबेला देशका प्रधानमन्त्रीसँगै कुम जोडेर बसेका होलान्, बालुवाटारबाट तिनलाई पक्रने सक्ने आँट भएका कोही यो मुलुकमा जन्मी सकेको जस्तो लाग्दैन । लहरोले पहरो हल्लीदा यो ३३ केजी मात्र होइन ३८ क्वीन्टल सुनकै बारेमा पत्ता लाग्छ,त्यो हुँदा कुनै पुराना गृहमन्त्री तानिए भने पुर्व गृहमन्त्रीलाई पहिला सलाम गर्ने अनि हतकडी लगाउने सपुत यो मुलुकमा जन्मिएको छ होला त ?

छैन र त्यसो हुन नसकेसम्म यो भुराभुरी समातेर केटाकेटी तर्साउने खेलेको कुनै अर्थ छैन । एसएसपी समाइसक्यो, पुर्व एआजी समाइसक्यो यो भन्दा ठुला माछा के ? भनेर सोध्नु होला फेरी । मन्त्रीहरु भ्रष्ट नभैदिएको भए देश यो हालतमा पुग्दैनथ्यो । विश्वका हरीतन्नम देशहरु आज समृद्धिको शिखरमा छन् कसरी थाहा छ ?

कसरी भने संर्घषबाट सत्ता परिर्वतन हुनासाथ ति देशका पूर्व मन्त्रीहरु र तिनका परीवारको बैंक खाता रोकेर छानबिन गरीयो, अधिकांश भ्रष्ट थिए, सबका सबलाई जेल कोचियो, अनि बन्यो देश । भ्रष्टहरु लाइन लाएर जेल त जाउन त्यस्ता जाबो रेल, तेल, त बाँया हातको खेल ।
स्वत आउँछ । केटो हुर्केपछि दाह्री जुँगा त्यसै आउँछ, कुनै योजना बनाइराख्नु पर्छ ? सुनकाण्ड छानविन समितिका सह सचिव ज्यु, छानविनको क्रममा ठुलो नेता वा मन्त्रीकै नाम आयो भने सार्वजनिक गरिदिने आँट गर्नुहोस् ।

यसो गर्दा तपाईको जागिर र ज्यान धरापमा त पर्छ होला तर सुशासनको एउटा धरोहर बन्ने यो भन्दा ठुलो अवसर तपाईको जीवनमा कहिले पनि आउदैन् । प्रेस मिटमै बोल्न खोजेका चुडामणी उप्रेती ‘गोरे’ जी, धक फुकाएर सबका नाम मात्र खोलिदेउ तिम्रो नाम त्यही हराएको सुनको एउटा टुक्रो खोजरै भएपनि इतिहासमा सुनकै अक्षरमा लेखिनेछ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger