Latest Updates :

भारतमा फैलियो “निपा भाइरस” एक साता भित्र हजारौंको मृत्यु ! के हो निपा भाईरस

SHARE THIS POST :
बीबीसी । दक्षिण भारतीय राज्य केरलाका स्वास्थ्य अधिकारीहरुले भनेका छन् घातक निपा भाइरसका कारण ज्यान गुमाएका हुन सक्नेहरुको संख्या नौँ पुगेको छ। गत दुई हप्तामा मात्रै

तीनजना पीडितहरुमा उक्त भाइरस देखा परेको पुष्टि भएको थियो। बाँकी छवटा नमुनाहरूको नतिजा सोमबार सार्वजनिक भएको छ। कोजिकोडे क्षेत्रमा उक्त भाइरस संक्रमणको लक्षण देखिएका

अन्य २५ जनाको अस्पतालमा उपचार भइरहेको छ। निपा भाइरसको संक्रमण जनावरबाट मानिसमा सर्ने गर्दछ। ७० प्रतिशतसम्म मृत्यु दर भएको उक्त भाइरस संक्रमणका विरुद्ध कुनै खोप उपलब्ध छैन। वैज्ञानिकहरुका अनुसार निपा भाइरस एक प्रकारको चमेरोबाट मानिसमा सर्ने गर्दछ।

निपा भाइरस चमेरोबाट मानिसमा सर्न सक्ने ठानिएको छ। विश्व स्वास्थ्य संगठनले आगामी ठूलो महामारीको सम्भावित कारकका रुपमा सूचीकृत गरेको दश घातक रोगहरुमा निपा भाइरस संक्रमण पनि पर्दछ। केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनले बीबीसीसंग कुरा गर्दै भने, उक्त भाइरस संक्रमितहरुको उपचारमा संलग्न एकजना नर्सको पनि मृत्यु भएको छ।

उनले भने, हामीले सबै संदिग्ध संक्रमितहरुको रगत र अन्य नमूनाहरु पुष्टि गर्नका लागि पुणेस्थित न्याशनल इन्स्टीट्यूट अफ भाइरोलोजीमा परीक्षण गर्न पठाएका छौं। ति मध्ये तीनजनाको मृत्यु निपाका कारण भएको पक्का भएको छ। केरलाका स्वास्थ्य सचिव राजीव सदानन्दनको भनाइ छ, यो संक्रमणको उपचार भनेको सहयोगात्मक मात्रै हुने भएकाले भाइरस संक्रमण फैलिन नदिने तर्फ हामीले ध्यान केन्द्रित गरिरहेका छौं।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger