Latest Updates :

सोनम कपुरका नयाँ दुलहाले रिसेप्सनमा शेरवानीसँग किन लगाए स्पोर्ट्स सुज ?

SHARE THIS POST :
सोनम कपुर र आनन्द अहूजाको विवाह भइसकेको छ । केही दिन अघिदेखि सोसल मिडियामा यी दुईको विवाहको चर्चा चर्को छ ।

विवाहको तस्बिर सायद तपाईंले पनि हेर्नुभएको होला । विवाहपछि बेलुका दिएको रिसेप्सन पार्टीका तस्बिरलाई ध्यान दिएर हेर्ने हो भने आनन्द अहूजाले कालो रङको शेरवानीसँग स्पोर्ट्स सुज लगाएको देख्न सकिन्छ ।

चलनचल्तीभन्दा फरक आनन्दले शेरवानीसँग स्पोर्टस् सुज लगाएकोमा सोसल मिडियामा यसले चर्चा पाएको छ ।
आनन्दले यस्तो गर्नुको पछाडि नीजि रुची वा ‘जे पनि लगाउने’ बानीलाई देखाउन खोजेको हुनसक्ने भनी चर्चा गरिरहेका छन् ।

प्यारोडी अकाउन्ट ‘टाइम्स हाउ’ ले लेखे, ‘जुत्ता चोर्ने समारोह पछि आनन्दले खुशी र जान्ह्वीलाई पाँच रुपैयाँ दिन अस्विकार गरे त्यसकारण उनले जुत्ता पाएनन् । त्यसैले रिसेप्शनमा आनन्दले स्पोर्ट्स सुज लगाउनु पर्यो ।’
अर्का प्रयोगकर्ता भूषण लेख्छन्, ‘आनन्द अहूजा स्पोर्ट्स सुज लगाएर रिसेप्शनमा समावेश भए । के उनी भाग्ने कोसिस गरिरहेका थिए ?’
मदन चिकना ट्वीटर ह्यान्डलबाट लेखियो, ‘सोनम कपुरको ड्रेसिंग र मेकअप एकतर्फ र आनन्द अहूजाको स्पोर्ट्स सुज एक तर्फ ।’
आनन्दको स्पोर्ट्स सुजको रुचीका कारण ?

आनन्द अहुजाको दिल्लीमा स्पोर्ट्स सुजको एक बुटिक छ । इन्स्टाग्राममा आनन्दले स्पोर्ट्स सुज लगाएका विभिन्न तस्बिर पहिले पनि अपलोड गरिरहन्थे ।

आनन्द दिल्लीमा भेज नन भेज नामक मल्टीब्रान्ड स्निकर बुटिक पनि चलाउँछन् । साथै उनी शाही एक्सपोर्टका म्यानेजिङ डिरेक्टर पनि हुन् जसको वर्षीक तीन हजार करोडको टर्नओभर छ ।

यस्तोमा आनन्दले यो जुत्ता लगाउनुको मुख्य उद्देश्य ब्रान्ड प्रोमोशन पनि हुनसक्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger