आफ्नो शहर सफा गर्न टाइसुटले छेकेका व्यक्तिहरु ‘महाराज’ (मोदी)को स्वागत गर्न सडकमा कुचो लिएर उत्रिएको भन्दै उनले भनेका छन्, ‘महाराज (उनकै शब्दमा) मोदीलाई ७७ वटै जिल्लाको भ्रमण गराउनूस र यसले सबै जिल्ला त सफा हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियतामाथि औंला उठाएका ति दृष्टिबिहीन युवकले नेपालीले औषधि समेत खान नपाउने गरी मानवीय संकट पैदा गरेर नाकाबन्दी लगाउने मोदीले माफी मागेमात्रै सम्बन्ध सुध्रने बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बनिरहेको सो भिडियोमा उनले भनेका छन्, ‘नेपालको धेरै नाम जप्ने भारतीय प्रधानमन्त्रीमा मोदीकै नाम पर्छ, तर उनकै शासनकालमा नेपालले धेरै दुःख सहनु परेको छ । सीमा मिचिएको छ । कोशीले डुबाउन लाग्दा कोशी ब्यारेजको ढोका खोल्ज इन्कार गरेका छन् । सीमा मिचेर गोविन्द गौतमको हत्या यिनकै पालामा भएको छ । हत्याराको अहिलेसम्म अत्तोपत्तो छैन ।’
‘नेपाली र नेपालमाथि गरेको अत्याचार बिर्सिएर जसरी उनको स्वागतमा कलश लिएर आउन सरकारले उर्दी जारी गरेको छ, यस्तो राजा ज्ञानेन्द्रले समेत आफ्नो पालामा गरेका थिएनन्’, भिडियोमा उनले भनेका छन् ।
केपी ओली सरकारको राष्ट्रियताको पर्दाफास भएको, प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको स्वामी व्यक्ति देखेर आफूलाई फेसबुक मार्फत भिडियो सन्देश जारी गर्न मन लागेको ति व्यक्तिले भनेका छन् ।
जनकपुर आउँदा ८ जिल्ला विदा दिनुको सट्टा देशैभर विदा दिनू मोदीलाई देश सुम्पिएको उल्लाहसमा उनले व्यंग्य समेत गरेका छन् ।
Post a Comment