बलिउड चलचित्र ब्रह्मास्त्रमा काम गरिरहेका नायक रणवीर कपूर र नायिका आलिया भट्टबीचको अफेयरको चर्चा चलिरहेको छ । यि जोडी अहिले प्राय: धेरै ठाउमा संगै देखिने गरेको छन् । डिनर देखी पार्टिमा संगै देखिएका रणवीर र आलियाको सम्बन्धको चर्चा चले पछी कटरिना र आलियाको झगडा पनि परेको कुरा भारतीय मिडियाले उल्लेख गरेको छ ।
हालै सोनम कपूरको बिहेको प्रीतिभोजमा पनि आलिया र रणवीर सँगसँगै पुगे र मिडियालाई पोज दिए । प्रीतिभोजमा बलिउडका ठूला स्टारहरू थिए अनि दुलाहा र दुलही नै थिए । तर सबैको नजर रणवीर र आलियामाथि थियो ।
दुवैजनाको तस्वीर सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ । अर्को भिडियोमा आलियाले रणवीरका दिदीहरू करिश्मा र करीनासँग घुलमिल गरेको देखिन्थ्यो । त्यसमा प्रयोगकर्ताहरूले आलिया अब करिश्मा–करीनाको बुहारी बन्न लागेको हो कि भनी टिप्पणी गरे ।
Post a Comment