Latest Updates :

प्लास्टिक सर्जरी पछि झनै डरलाग्दा देखिएर फिल्म दुनियाबाटै हराएका यी हिरोइनहरु

SHARE THIS POST :
काठमाडौँ- निशब्द थिए उनी, रुँदारुँदा आँखा सुन्निएका थिए र राता देखिन्थे। आफ्नो सिटपछाडि कच्याककुचक परेको छोराको शव भित्रबाट कालो प्लाष्टिक र बाहिर सेतो कपडा बेरेर राखिएको थियो।

त्योसँगै अर्को शव पनि त्यहीँ थियो। आफन्तका अघि आँसु थाम्दै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको हेलिप्याडमा हेलिकप्टरबाट आफूलाई सम्हाल्दै ओर्लिए मकालु एयरलाइन्सका सञ्चालक फिजुनाथ नेपाली।

वास्वतममा छोरासँगै दुर्घटनामा परेका सिनियर ५५ वर्षीय किरण भट्टराई फिजुनाथका पारिवारिक मित्र थिए र लामो समयसँगै काम गरेका थिए।

नेकोन एयरबाट आफ्नो पेशा सुरु गरेका भट्टराई त्यो बन्द भएपछि केही समयका लागि बुद्ध एयरमा १९०० टी का पाइलटका रुपमा काम गरे र फिजुनाथ सीता एयरमा संलग्न भएपछि किरण पनि त्यतै लागे। सीताबाट अलग भई मकालुका निर्देशक बनेपछि किरण फेरि त्यतै जोडिए।

बुधबार बिहान हुम्लाको खार्फुनाथ गाउँपालिकामा आफ्नै जहाज दुर्घटना हुँदा जीवन गुमाएका एक्लो छोरा क्याप्टेन आदित्य र सिनियर क्याप्टेन भट्टराईको शव बोकेर फिजुनाथ अस्पतालसम्म ओर्लिन त सके तर भावविह्वल परिवारका सदस्य र आफन्तलाई हेर्न सकेनन्।

भावविव्हल भएका क्याप्टेन आदित्यका परिवार का सदस्य । तस्बीर/ दीपा दाहाल
छोराको पोस्टमार्टम बाँकी थियो। आफन्तको हात समात्दै अस्पतालको पोस्टमार्टम विभागतिर लागे उनी।

आफू पनि पाइलट, छोराले पनि त्यही पेशा अंगाले। फिजुनाथ र आदित्यको सहकार्यमा मकालु एयरलाइन्सका जहाज दुर्गममा उडिरहेका थिए, लामो समयदेखि।

क्याप्टेन आदित्यसँग फिजुनाथको छोराको साइनो मात्र थिएन, साथी र भरपर्दो सहकर्मी पनि थिए उनी। ३२ वर्षको उमेरमै आदित्य मकालु एयरलाइन्स कम्पनीका कार्यकारी निर्देशक समेत बनेका थिए।

तर, बुधबार ती सबै अतित बने र कहिल्यै नमेटिने चोट लाग्यो उनको मनमा, जहाज टुक्राटुक्रा बनेसँगै आदित्य पनि रहेनन्।

दुर्गममा आत्मविश्वासका साथ जहाज उडाइरहेका आदित्यमाथि आफूजत्तिकै भरोसा थियो फिजुनाथको। आफूमाथि यति ठूलो बज्रपात पर्छ भन्ने कल्पना उनले सायदै गरेका थिए।

बुधबार बिहान साढे ६ बजेर १२ मिनेटमा मकालु एरलाइन्सका सिनियर पाइलट किरण र पाइलट आदित्यनाथले सुर्खेतबाट सिमिकोटका लागि मकालु एयरलाइन्सको सिंगल इञ्जिनको एजेयू–नाइन–एन कार्गो उडाए पौने सातमा ल्याण्ड गर्ने उद्देश्यसहित।

तर, एकाएक जहाज सम्पर्कबिहीन बन्न पुुग्यो। स्थानीय प्रहरी प्रशासनबाट जहाजको खोजी हुँदै गर्दा क्याप्टेन आदित्यसँग एक पटक सम्पर्क भयो। क्याप्टेन आदित्यले विमान हराएको जानकारी टावरमा गराउँदै थिए तर एकैछिनमा उनको आवाज बन्द भयो।

लगत्तै जहाज दुर्घटना भएको खवर स्थानीयबाट पाएपछि सिमिकोटबाट प्रहरी, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी र स्वास्थ्यकर्मीको टोली घटनास्थल पुग्यो।

तर शव निकाल्न नसकेपछि सिमिकोटबाट थप जनशक्ति मगाइयो। त्यहाँबाट क्याप्टेन आदित्य र किरणको शव माउन्टेन एयरलाइन्सको हेलिकोप्टरले सुर्खेत झार्‍यो।

फिजुनाथले धैर्य गर्न सकेनन्, आफैँ एक पाइलटका साथ सिम्रिक एयरलाइन्सको हेलिकोप्टर लिएर सुर्खेत पुगे। छोरा आदित्य र सिनियर पाइलट किरणको शव बोकेर शिक्षण अस्पताल ल्याण्ड भए। विदेशमा रहेकी आदित्यकी आमा तत्काल स्वदेश फर्कदै छन्।

आदित्यले गत असारमा मात्रै इन्जिनियर सिर्जना खड्कासँग लगनगाँठो बाँधेका थिए। आदित्यको शव ल्याउनु भन्दा करिव दुई घण्टा अघि उनका ससुरा खगेन्द्र खड्का शिक्षण अस्पताल पुगेका थिए। ‘बरु मै गएको भए हुन्थ्यो। जवान मेरो प्यारो ज्वाइँ नरहेको कुरा कसरी विश्वास गरु मैले ?’ खगेन्द्रले सुरुमा यति नै बोले।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger