Latest Updates :

सालमानको अहमता-स्वागत गर्न बसेका अर्जुन कपुरलाई सलमानले बाल नदिएपछि

SHARE THIS POST :
बलिउड अभिनेता सलमान खान जब कसैसँग रुष्ट बन्छन्, उसलाई ज्यान जाला माफ गर्दैनन् । यो कुरा अर्जुन कपुरले अझ राम्ररी बुझेको हुनुपर्छ । कुनै बेला सलमानसँग एकदम निकट थिए अर्जुन कपुर । उनी आफूलाई सलमानको फ्यान बताउन पनि पछि पर्दैनथे । एउटा चलचित्रमा उनले ‘मे सुपरम्यान सलमानके फ्यान’ बोलको गीतसमेत गाएका छन् । सलमानले पनि उनलाई भाईजसरी माया गर्थे । सलमान खानले नै अर्जुनलाई तौल घटाउन लगाएर बलिउडमा प्रवेश गर्न प्रेरित गरेका थिए । तर स्टोरीमा मोड त्यतिबेला आयो जब सलमानकी भाउजु मलाइका अरोडासँग अर्जुन नजिकिए । उनीहरु डीप लभमा परेको भनेर मिडियामा ब्यापक चर्चा भयो । त्यसपछि सलमानले अर्जुनलाई बोलाएर सम्झाउँदै भने, ‘आइन्दा मेरी भाउजुलाई बिर्सिनु ।’

सलमान आफ्नो दाई भाउजुको सम्वन्ध नतोडियोस् भन्ने चाहन्थे । तर, अर्जुन पछि हटेनन् । मलाइकासँग उनको चक्कर चलिरह्यो । र, यही कारणले सलमानका दाई अरवाजले श्रीमतीसँग पारपाचुके गरे । यो घटनापछि सलमान र अर्जुनबीच शितयुद्ध चलिरहेको छ । सार्वजनिक ठाउँमा भेट हुँदा सलमानले अर्जुनलाई वास्तै गर्दैनन् ।
मंगलबार यस्तै भयो । सोनम कपुरको बिहेको रिसेप्सन पार्टीमा अर्जुन कपुर स्वागत गर्ने लाइनमा उभिएका थिए । उनी सोनमका ठूलोबुवाका छोरा हुन् । उनी आउने हरेक पाहुनाहरुसँग अंकमाल गर्दै ख्यालठट्टा गरिरहेका थिए । तर, जब सलमानको इन्ट्री भयो, उनको बडी ल्याङ्वेज नै चेन्ज भयो । सलमान आएर बोनी कपुरलाई अंकमाल गरे, तर सँगै उभिएका अर्जुन कपुरलाई बालै दिएनन् । उनी सरासर अघि बढे । त्यसपछि अर्जुनको अनुहार रातोपिरो भयो । भित्र डान्स पार्टीमा सलमान र शाहरुखले जमेर डान्स गरिरहेका थिए । तर अर्जुन कपुर उनीहरुको छेउछाउमै पुगेनन् । सलमान गएपछि मात्र उनले डान्स गरे ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger