विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो। मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्।
सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्यातएर भित्र लगेका थिए।
महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए। ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए। वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए।
मेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भइन्। ती पाहुनामा एल्टन जन, ओप्रा विन्फ्रे, जर्ज क्लुनी र सेरेना विलियम्स लगायत थिए।
ह्यारी र मेगनको विवाहका केही रोचक कुरा :
४५ लाखको केक
बेलायती शाही परिवारले करिब ६ महिना पहिलेदेखि नै ह्यारी र मेगनको विवाहको तयारी गरेका थिए। उनीहरुको विवाहका लागि करिब ४५ लाख रुपैयाँको केक मगाइएको थियो।
बेहुलीको ड्रेसमा २.५ करोड खर्च
मिडिया रिर्पोटका अनुसार शाही परिवारले विवाहका लागि बेहुलीको ड्रेमा २.५ करोड रुपैयाँ खर्च गरेका थिए। त्यस बाहेक खानामा २.५ करोड, ड्रिंक्समा १.७ करोड, विवाहको स्थानमा सौचालय बनाउन ३१ लाख, म्युजिकलमा २.७ करोड खर्च गरेका थिए। त्यस्तै करिब ६ करोड रुपैयाँ बग्घी र पार्किङ जस्ता व्यवस्थापनमा, फूलको सजावटका लागि १ करोड रुपैयाँ खर्च गरिएको थियो।
१३ वर्ष पहिले त्यही चर्चमा पिताले गरेका थिए विवाह
बेलाती राजकुमार ह्यारी र मेगनको विवाह भएको चर्चमा ह्यारीका पिता प्रिन्स चाल्र्डले १३ वर्ष पहिले विवाह गरेका थिए। उनले क्यामिला पार्कलसँग सन् २००५ मा दोस्रो विवाह गरेका हुन्।
प्रिन्स ह्यारीका पिता र हजुरआमाको अलग अलग रिसेप्शन पार्टी
विवाहपछि जर्ज हलमा शाही परिवारको पहिलो रिसेप्शन पार्टी राखिएको थियो। यसको आयोजना राजकुमार ह्यारीकी अजुरआमा र महारानी एलिजाबेथले गरेका थिए। त्यसपछि राति अर्को पार्टी ह्यारीका पिताले घरमा गरेका थिए।
ह्यारीको यो पहिलो विवाह हो भने मेगनको दोस्रो
मिडिया रिर्पोटका अनुसार मेगन मर्केल राजकुमार ह्यारी भन्दा ३ वर्ष जेठी पनि हुन्। त्यो भन्दा अर्को रोचक कुरा त के छ भने सन् २०११ मा उनले अमेरिकी प्रोड्युसरसँग विवाह गरेकी थिइन्। तर उक्त विवाह १ वर्ष पनि टिकेन। उनले दुई वर्ष अघि उनीसँग सम्बन्ध विच्छेद गरेकी थिइन्। ह्यारीको भने यो विवाह पहिलो हो। शाही परिवारमा सयौँ वर्ष पहिलेदेखि नै विवाहित युवतीसँग विवाहका लागि रोक लगाइएको थियो। तर ह्यारीले भने उक्त नियम तोड्दै मेगनसँग विवाह गरेका हुन्।
उपहार लिएनन् बेहुला बेहुलीले
विवाहमा सहभागी पाहुनाले विवाह गरेका जोडीलाई उपहार दिने प्रचलन हुन्छ। तर ह्यारी र मेगनले भने उपचार लिन मानेनन्। उनीहरुले उपहारको साटो सामाजिक कार्यको गर्ने च्यारीटीलाई सहयोग गर्न अपिल गरेका थिए।
मेगनको पिताको स्थान युवराज मार्कलले लिए
ईसाई धर्म अनुसार विवाहमा बेहुलीलाई बेहुलीका पिताले नै स्टेजसम्म छोडिदिन्छन्। यसलाई गिविंग अवे सेरेमनी भनिन्छ। तर शाही परिवारको यो विवाहमा मेगनका पिता थमसको स्वास्थ्यमा समस्या देखिएपछि उनी विवाहमा उपस्थित हुन सकेका थिएनन्। त्यसैले ह्यारीका पिता मार्कलले नै मेगनको पिताको भूमिका निर्वाह गरेका थिए। सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्यातएर स्टेजमा लगेका थिए।
Post a Comment