Latest Updates :

धनकुटा मा बुहारीसँग चौंरमै यौनसम्पर्क गरेको देखेपछि ससुराले रिस थाम्न नसकी हाने गोलि !

SHARE THIS POST :
धनकुटा,  जेठ । धनकुटा जिल्लाको डाडाँगाउँ गाविस– १ मा कान्छी बुहारीसँग खुला चौरमा यौन क्रियाकलाप गरेको देखेपछि ससुराले रिस थाम्न नसकेर युवकलाई बन्दुक प्रहार गरेर हत्या गरिदिएका छन् ।

धनकुटा नगरपालिका– १४ बेलहरा निवासी २६ वर्षीय प्रेम भण्डारीलाई कान्छी बुहारीसँग यौनसम्पर्क गर्दै गरेको अवस्थामा ४८ वर्षीय ससुरा चक्र भनिने खड्कबहादुर गुरुङले फेला पारेपछि गोली हानेर हत्या गरेको प्रहरी उपरीक्षक विभूतीराज पाण्डेले जानकारी दिए । गुरुङलाई आज बिहान पक्राउ गरिएको छ ।

गरुङका कान्छा छोरा वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । कान्छी बुहारीलाई ललाई फकाई भण्डारीले पटक पटक यौनसम्पर्क गर्ने गरेको गुरुङले प्रहरी समक्ष बयान दिएका छन् ।

मृत्यु भएका भण्डारी डाँडागाउँ गाविस क्षेत्रमा ट्यक्टर चलाउँदै आएका थिए । गोली हानेर हत्या गरिएका भण्डारीको शव घटनास्थल नजिकै रहेको खोल्सीमा लगेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger