नागरिक रहेका थिए । यात्रु र चालक दलका सदस्य सहित १ सय १० जना सवार मेक्सिकन कम्पनीको विमान क्युबाको होग्युनका लागि उडेको थियो । दुर्घटना प्रति समवेदना प्रकट गर्दै क्युबा सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । क्युबामा ३० वर्षपछि भयानक दुर्घटना भएको सो विमान ४० वर्ष पुरानो भएको जनाईएको छ
हवाना, क्युवा। क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ११० पुगेको छ।क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरुलाई दिएको जानकारी अनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने अरु ११ जना विदेशी नागरिक छन्।
मृत्यु भएका विदेशीहरुमा चालक दलका छ जना सदस्य मेक्सिकोका छन्।
दुर्घटनामा परेका मध्ये १९ बर्षका मैलेन, २३ बर्षका ग्रेटेल लान्ड्रोभेल र ३९ बर्षका इमिली सन्चेज गरी तीन जना मात्र जिवित रहेका थिए।उनीहरुको अहिले पनि गम्भीर अवस्थामा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। यसैबीच दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटिएको छ। अधिकारीहरुले एउटा ब्ल्याक बक्स भेटिएको र यसका आधारमा अनुसन्धान सुरु गरिएको बताएका छन्।
अधिकारीहरुले ब्ल्याक बक्स भेटिएपछि यसबाट अनुसन्धानको काम अब सजिलो हुने पनि बताएका छन्। क्युबामा सन् १९८० पछि पहिलो पटक यति भीषण दुर्घटना भएको हो। त्यसैले यहाँको सरकारले शनिबार र आइतबार राष्ट्रिय शोकको घोषणा गरेको छ।
Post a Comment