उक्त सभाको सर्चिङका लागि त्यहाँ पुगेका छत्तिसगढ प्रहरी जवानमाथि उक्त आक्रमण भएको होे। यो घटना भारतको दंतेवाडा क्षेत्रमा भएको हो। नक्सलवादी समुहले आज उक्त क्षेत्रमा सर्चिङका लागि जाँदै गरेका प्रहरी चढेको जिपमाथि विस्फोट गराएका हुन्। विस्फोटपनि नक्सलवादीले फायरिङ गरेर प्रहरीका हतियार समेत लुटेर लगेका थिए। सडकमा भएको उक्त विस्फोटका लागि ५० किलो विस्फोटक पदार्थको प्रयोग गरिएको थियो।
विस्फोटमा परी ५ जना प्रहरी जवानले दुर्घटना स्थलमै र दुई जनाले उपचारका लागि लैजादै गर्दा बाटोमै ज्यान गुमाएका थिए।
विस्फोट लगत्तै घटनास्थलमा पुगेको प्रहरी र सिआइपीएफका अधिकारीले उक्त क्षेत्र वरपर सर्च अपरेसन चलाएको त्यहाँका सुरक्षा अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Post a Comment