Latest Updates :

नेपाली प्रबल गुरुङ भन्छन् श्रीदेविकी छोरी जान्ह्वी भविष्यकी ठूलो स्टार हुन्

SHARE THIS POST :
अमेरिकामा बस्दै आएका नेपाली फेसन डिजाइनर प्रबल गुरुङ हलिउडका सेलिब्रेटीका रोजाइका डिजाइनर हुन् । उनको डिजाइनमा पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामादेखि हलिउडका चलेका सेलिब्रेटीहरु सजिएका छन् । उनै प्रबलको डिजाइनका बारेमा थाहा पाएकी नायिका जान्ह्वी कपुर हालै उनको सोरुममा पुगेकी थिइन् । आफ्नो सो रुममा श्रीदेवी पुत्री जान्ह्वीलाई भेटेपछि उनीसँग तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले तस्बिर पोष्ट मात्र गरेनन्, जान्ह्वीलाई भविष्यको ‘स्टार’ पनि भनिदिए । ‘तपाई अनुमान लगाउनुहोस्, सोरुमले कसलाई रोक्यो ? भविष्य । तपार्इंहरु यो नाम जान्ह्वी कपुर सम्झिनुहुन्छ । जान्ह्वी तिमीलाई सबै खुसी, आनन्द र सफलता मिलोस् । तिमी जमिनमा पाइला राखेरै चन्द्रमामा पुगेकी छौं,’ प्रबलले ट्वीटरमा तस्बिर राखेर ट्वीट गरेका छन्।

जान्ह्वीले पनि प्रबलसँगको भेटप्रति खुसी व्यक्त गर्दै इन्स्टाग्राममा फोटो शेयर गरेकी छन् । ‘प्रबल गुरुङसँग घरमा नै भेट भए जस्तो लागेको छ । म यो कुरा भनिरहँदा म कति कृतज्ञ छु,’ उनले इन्स्टाग्राममा लेखेकी छन्। बलिउड निर्माता बोनी कपुर र दिवंगत अभिनेत्री श्रीदेवीकी जेठी सन्तान जान्ह्वीले करण जोहरको ब्यानरमा निर्मित फिल्म ‘धडक’मार्फत बलिउडमा डेब्यु गर्दैछन् । आगामी जुलाई ६ मा रिलिज हुने फिल्ममा उनको अपोजिटमा साहिद कपुरका भाइ इसान खट्टर छन्।
दुबईको होटलमा आमाको निधन हुँदा जान्ह्वी ‘धडक’कै सुटिङमा व्यस्त थिइन् ।

आमाको काम सकेपछि मात्र उनी सुटिङमा फर्किन् । बोनी, जान्ह्वी र उनकी बहिनी खुसीले हालै मात्र आमाले पाएको ‘उत्कृष्ट अभिनेत्री’को राष्ट्रिय अवार्ड लिएका थिए। न्युर्योकमा बस्दै आएका प्रबलको डिजाइनमा हालै मात्र बलिउड अभिनेत्री दीपिका पादुकोण, हलिउड अभिनेत्री डियानी क्रुगेर, एइजा गोन्जालेज, हेली स्टेनफिल्डलगायतले शरीर सजाइसकेका छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger