Latest Updates :

भर्खरै आयो दुखद खबर फेरी अर्को ठुलो बिमान दुर्धटना

SHARE THIS POST :
सिचुवान– उडिरहेको समयमा विमानको ‘वाइन्ड स्क्रिन’ फुट्दा चीनमा को–पाइलट खस्नबाट जोगिएका छन्। सहचालकको आधा शरीर विमानबाट बाहिर निस्किएको अवस्थामा उनलाई पाइलटले समातेका थिए। सिट बेल्ट बाँधेको कारण उनी खस्नबाट जोगिएको बताइएको छ।

सोमबार सिचुवान एयुलाइन्सको एयरबस ए३१९ विमान जमिनबाट ९ हजार ७ सय ५३ मिटरको उचाइमा उडिरहेको समयमा ‘वाइन्ड स्क्रिन’ फुटेको पाइलट लिउ चुवानजियानले बताएका छन्। सो पश्चात् विमानलाई आकस्मिक अवतरण गराउन चालक दलका सदस्य सफल भएका थिए। घटनामा सबै यात्रु सकुशल रहेको बताइएको छ।

पाइलटको बोली

पाइलट लिउले चेंग्दु आर्थिक दैनिक पत्रिकासँग कुराकानी गर्दै भने,‘घटनाअघि कुनै पनि किसिमको खतराकोे संकेत दिइएको थिएन।’‘विन्डसिल्ड’ अचानक फुट्यो र जोडसँग पड्किएको आवाज आयो। यही समयमा मैले देखेँ कि को–पाइलट ककपिटबाट आधा बाहिर निस्किएको अवस्थामा थिए। भाग्यवश उनले बाँधेको सिटबेल्ट फुस्किएको रहेनछ। मैले उनलाई समाएर ककपिटभित्र ताने।’, पाइलट लिउले भने,‘निरन्तरको उच्च दबाब र घटिरहेको तापक्रमका कारण विमानका उपकरणहरुमा खराबी आउन थाल्यो।’

‘ककपिटका हरेक सामानहरु हावामा उडिरहेका थिए। त्यो समयमा मैले रेडियोमा के सिग्नल आएको छ भन्ने पनि सुन्न सकिरहेको थिइन। विमान यती जोडसँग हल्लिरहेको थियो कि मैले कावुमा नै राख्न सकिरहेको थिइन।’, उनले थपे।अवतरणपछि गरिएको पत्रकार सम्मेलनमा उनले विमानमा जुनसुकै समयमा आउनसक्ने खतरामा कसरी कार्य सम्पादन गर्ने भन्ने बारेमा आफुहरुलाई दिइने तालिमको सम्बन्धमा बोलेका थिए।

जतिबेला यात्रुलाई खाजा दिँइदै थियो

सिचुवान एयरलाइन्सको ३यु८६३३ विमान दक्षिण पश्चिम चीनको चोङकिङबाट तिब्बतको ल्हासाका लागि उडान भरिरहेको अवस्थामा सो दुर्घटना भएको हो। घटनाको समयमा विमानभित्र यात्रुहरुका लागि खाजा दिने क्रम चलिरहेको थियो। सो क्रममा विमान ३२ हजार १ सय फिटबाट एकैचोटी २४ हजार फिटको उचाइमा झरेको थियो।

विमानमा सवार एक यात्रुले तत्कालीन समयको आफ्नो अनुभव सुनाउँदै भने,‘विमानमा के भइरहेको छ भन्ने हामीलाई जानकारी थिएन। हामी धेरै नै डराएका थियौँ। विमान भएका अक्सिजन मास्क पनि तल झरेका थिए। लागेको थियो कि विमान तल झरिरहेको छ। तर केही समयमै फेरी सम्हालिन पुग्यो।’

अाकस्मिक अवतरण गरिएकाे विमानको–पाइलटसहित २८ यात्रु घाइतेचीनको नागरिक उड्डयन विभागले को–पाइलटको नाडी तथा अनुहारमा चोट लागेको बताएको छ। साउथ चाइना मर्निङ पोष्टले विमानमा १ सय १९ यात्रु सवार रहेको र चेंगुडुमा आकस्मिक अवतरणपछि २७ जना यात्रुलाई उपचार गरिएको लेखेको छ। सो घटनापछि विमानमा सवार ५० भन्दा बढी यात्रुले दिनको समयमा ल्हासा जानकालागि अर्को विमानको टिकट काटेका बताइएको छ।

सामाजिक सञ्जालमा पाइलटको तारिफ

घटनापछि विमानको आकस्मिक अवतरण गराउन सफल पाइलटको साहसको सामाजिक सञ्जालमा तारिफ र चर्चा भइरहेको छ। चीनको माइक्रोब्लगिङ साइट ‘सिना वेइबो’मा मंगलबार ‘चाइना हिरो पाइलट’को ह्यासट्याग ट्रेन्डिङमा थियो। जसमा १ सय ६० मिलियन भ्युज र १७ दशमलब ८ मिलियन कमेन्टहरु प्राप्त भएका थिए। त्यस्तै ‘ह्यासट्याग एयरलाइन्स वाइन्ड स्क्रिन ग्लास क्र्याक्ड’मा भने ६८ मिलियन भ्युज तथा ४९ हजार कमेन्ट गरिएको थियो।

क्याप्टेन लिउ चुवानजियान(बिचमा) हात मिलाउँदै

सो क्रममा कमेन्ट गर्दै कतिपयले पाइलटलाई सम्मान गर्नुपर्ने तथा कतिपयले सुरक्षाका उपाहरु अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरेका थिए।एयरबस तथा फ्रान्सको बिइए दुर्घटना अनुसन्धान एजेन्सीले घटनाको बारेमा अनुसन्धान गर्न एक टोली चीन पठाएको छ।२ महिनाअघि मात्रै अमेरिकामा यात्रुवाहक विमानको इन्जिन पड्किदाँ एक यात्रुको आधा शरीर झ्यालबाट बाहिर निस्किएको थियो। सो पश्चात् उनको मृत्यु भएको थियो।वश्वभर विमानको ‘वाइन्ड स्क्रिन’ फुट्ने घटनाहरु बारम्बार प्रकाशमा आइरहन्छन्। सामान्यतया यस्ता घटनाहरु जोडसँग बिजुली चम्किदा तथा चराहरु विमानमा ठोक्किदाँ हुने गर्दछन्। तर विमानका सबै स्किृनहरुमा क्षति पुग्ने सम्भावना भने विरलै मात्र हुने अनुसन्धानकर्ताहरु बताउँछन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger