Latest Updates :

नेपालको हावाहुरी पनि मोदी विरोधी ! स्वागतको लागि बनाइएको गेट ढालिदियो

SHARE THIS POST :
जनकपुरधाम । नेपालभरि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तीव्र तयारी भइरहदा जनकपुरमा भने मोदीको स्वागतको लागि बनाइएको गेट हावाहुरीले ढालिदिएको छ । जनकपुर बजार क्षेत्रमा बनाएको गेट आज बिहान एक्कासि आएको हावाहुरीले ढालिदिएको हो ।

विहारको पटनाबाट हेलिकोप्टर चढेर सिधै जनकपुर आउन लागेको मोदीको लागि जनकपुरमा बनाएको बाँसको गेट र पण्डालहरू गएराति वर्षासँगै चलेको भीषण हावाहुरीका कारण क्षतिग्रस्त भएको हो । हावाहुरीबाट गेट जोगाउने क्रममा केही मजदुर पनि सामान्य घाइते भएका छन् ।

भारी वर्षाका कारण मोदीलाई स्वागत र अभिनन्दन गर्न लागिएको रंगभूमि बाह्र बिघा मैदानमा पनि पानी जमे स्थानिया बासी रामबाबु यादवले न्यूज २४ लाई जानकारी दिए । मोदी बैशाख २८ र २९ गते दुई दिने नेपाल भ्रमण आउन लागेका हुन्  ।
यता सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा पनि आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ ।

असिनापानी र हावाहुरीका कारण सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकाका तरकारी बाली र नर्सरीमा क्षति भएको छ।

यो पनि पढ्नुहोस्

मोदीका लागि ६ तयारी : फोहोर रातारात गायब, एकदिनका लागि करोडको मञ्च, पाँच घेरामा सुरक्षाकर्मी…

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger