Latest Updates :

अमेरिकामा कसरी बसेका नेपालीलाई घर फर्काइँदैछ ? (भिडियो)

SHARE THIS POST :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुदार आप्रवासी नीतिको मारमा नेपालीहरुपनि पर्ने भएका छन् । अमेरिका बसोबास गर्दै आएका टिपिएस ९टेम्पोररी प्रोटेक्टेड स्टाटस० धारी नेपालीहरूलाई एक वर्षभित्र घर फर्कन आग्रह गरिएको छ।

विहीवार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले टिपियस माफर्त बसेका नेपालीहरूलाई अब टिपियस नवीकरण नगर्ने जनाएको हो। तथ्याङ्कका अनुसार टिपियस मार्फत ९ हजार नेपालीहरू अमेरिकामा बस्दै आइरहेको छ ।

होमल्याण्ड सेक्युरिटी द्वारा बिहीबार जारी गरिएको विज्ञप्तिमा अमेरिकामा बस्न चाहनेले अरु विकल्पको व्यवस्था गर्न र फर्किन चाहनेले त्यसको बन्दोबस्त मिलाउन एक वर्षको समय दिएको जनाएको छ।

नेपाली नागरिकका लागि जारी गरिएको टिपियस जुन २४, २०१९ मा अन्त्य हुनेछ। यो अवधि भित्र टिपियस मार्फत काम र बसोवासको अनुमति पाएका ९ हजार नेपालीलाई अन्य कुनै कानुनी प्रकृया अपनाउन वा स्वदेश फर्कन निर्देशन गर्दछौँ।  यो अवधिमा उनीहरूले अमेरिकामा बस्न पाउने अन्य कानुनी विकल्प खोज्न सकेमा भने अमेरिकामै बस्न पाउनेछन् ।

यदि १ वर्षसम्ममा उनीहरूले कुनै अर्को इमिग्रेसनको विकल्प खोज्न सकेनन् भने नेपालीलाई स्वदेश फर्काइनेछ । थप जानकारीको लागि भिडियो हेर्नुहोस्

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger