Latest Updates :

साझपख कैलाली मा मारामार ! ठूलो संख्या मा हताहाती ..हेर्नुहोस

SHARE THIS POST :
कैलाली, २४ चैत । कैलालीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरीसहित करिब १ दर्जन बढी नेकापा कार्यकर्ता घाइते भएको बताइएको छ।

दिउसो साढे २ बजेको समयमा धनगढीस्थित चौराहामा दोहोरो झडपपछि प्रहरीले पूर्व सभासद डबल बहादुर शाहसहित नेकपाका १९ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको बताइएको छ ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी  र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो ।जनआन्दोलन दिवसको अवसर पारेर उनीहरुले प्रदर्शन गरेका थिए । २०४६ साल चैत २४ गते संयुक्त जनआन्दोलन संयोजन समितिले आन्दोलन सुरु गरेको थियो । नेपालका धेरैजसो कम्युनिस्ट पार्टीले यसै दिनलाई जनआन्दोलन दिवसको रुपमा मनाउँदै आएका छन् ।



आफुहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको नेकपाले जनाएको छ । बिहिबार नेत्र बिक्रम चन्द ‘विप्लव’, मोहन वैद्य, मोहन विक्रमसिंह र ऋषिराम कट्टेल नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

बिहिबार बसेको चार दलको बैठकले नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्ने आधार तयार पार्न बहस र छलफललाई निरन्तरता दिँदै तत्काललाई संयुक्त आन्दोलन गर्ने निर्णय गरेको थियो ।

बैठकपछि चारै दलका नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केशी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतबीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने तयारीको विरोध गर्ने जनाइएको थियो।

चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्त रुपमा उदघाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने, शान्तिपूर्ण संगठन, भेला र संघर्षमा दमन गरेकोमा त्यसको विरोध र भत्र्सना गर्ने र वैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने निर्णय गरेका थिए ।

यस्तो छ गिरफ्तार पर्नेहरुको नामावली
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger