जन्मदिनको अवसर पारेर वर्षाले पनि धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेकी छिन्। उनले रु. ५१ हजार सहयोग गरेकी हुन्। सहयोग लिंदै कुञ्जना घिमिरेले भर्खर २१ /२२ वर्षको उमेरमा दौडिरहेकी युवतीले आफ्नो कामले कमाएर यति सहयोग गर्नु धेरै ठूलो कुरा भएको बताईन्।
लर्ड बुद्ध क्रिकेट स्टेडियम निर्माणको लागि यतिबेला उपयुक्त ठाउँ हेर्नको लागि टिम लागिपरिरहेको कुन्जनाले बताएकी छिन्। उनका अनुसार यस अभियानमा विदेशमा बस्ने नेपालीहरुले विशेष उत्साह देखाइरहेका छन्।
Post a Comment