Latest Updates :

गेष्ट हाउसमा युवतीको हत्या, हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटियो

SHARE THIS POST :
गेष्ट हाउसमा युवतीको हत्या, हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटियो

काठमाडौं । गेष्ट हाउसमा युवतीको हत्या भएको छ। काठमाडौंको नयाँ बर्सपार्कस्थित भुमेश्वरी गेष्ट हाउसको २०३ नम्बर रुममा शुक्रबार बिहान युवतीको शव भेटाईएको हो । उनी बिहिबार राती एक युवकसँग गेष्ट हाउसमा पुगेकी थिइन् । शुक्रबार बाहिरबाट ताल्चा लगाएर युवक भागेका थिए ।

शवको अवस्था हेर्दा हत्या नै गरिएको देखिने प्रहरीले जनाएको छ ।फरार रहेका युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाले समेत घटनाको अनुसन्धान गरिरहेको छ।

हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी गराएका छन् । मृतक युवतीको सनाखत नभएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्सपेक्टर दिनेश भण्डारीले बताए ।युवतीको बलात्कार पछि हत्या गरिएको हुनसक्ने प्रहरी आशंका छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger