Latest Updates :

पोखराको सराङकोटमा पर्यटक गाडीको ठक्करबाट युवकको मृत्यु

SHARE THIS POST :
पर्यटक हाईस माईक्रो बसको ठक्करले शनिबार  पोखराको सराङकोट स्थित लामागाँउमा एक युवाको मृत्यु भएको छ ।

सराङकोटबाट पोखरा  बजारतर्फ आउदै गरेको ग १ प ६८ नम्बरको हरियो प्लेटको पर्यटक हाईस माईक्रो बसको ठक्करले स्कुटर चालक स्थानिय रामु पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपरित दिशाबाट गएको ग १ प ४७२८ नम्बरको स्कुटर चालक ३५ बर्षीय पुनलाई हाईसले ठक्कर दिएसंगै उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । हाईस माईक्रो बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाईस माईक्रोको लापरवाहीको कारण स्कुटर चालक सराङकोट निवासी पुनको मृत्यु भएको स्थानियले दाबी गरेका छन।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger