Latest Updates :

नयाँ दिल्लीमा यसरी गरियाे प्रधानमन्त्री अाेलीकाे स्वागत

SHARE THIS POST :
काठमाडौं। भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्। ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डको नेतृत्व गरेको दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई गृहमन्त्री सिंहले स्वागत गरेका हुन्।

प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान १०.१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। प्रधानमन्त्री अाेलीलाइ स्वागत गर्न गृहमन्त्री सिंह विमानस्थलमा प्रतिक्षा गरेका थिए।



सिंह मोदी सरकारका वरिष्ठ मन्त्री हुन्। मर्यादाक्रममा उनी मोदीपछि दोस्रो वरियातामा छन्। सिंह भारतीय जनता पार्टीका पूर्व अध्यक्षसमेत हुन्।

पहिलो पटक प्रधानमन्त्री हुँदा नयाँ जारी गरिएको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले ६ महिना लामो नाकाबन्दी गर्दा ओलीले डटेर सामना गरेका थिए। भारतले लगाएको नाकाबन्दी फिर्ता नदिएसम्म भारत नजाने अडान राखेका ओलीले भारतले नाकाबन्दी फिर्ता लिएपछि भारतको राजकीय भ्रमणमा भएका थिए।



भारतीय नाकाबन्दीको डटेर सामना गरेका ओली यतिबेला शक्तिशाली प्रधानमन्त्रीका रुपमा दोस्रो भारत भ्रमणमा गएका हुन्। नेपालमाथि लगाइएको नाकाबन्दीको चौतर्फी विरोध भएपछि भारतले नाकाबन्दी फिर्ता मात्रै गरेन नेपालसँगको सम्बन्ध सुधारलाई प्राथमिकतमा राखेको छ। त्यसैको कडीका रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली समकक्षी ओलीलाई स्वागत गर्न सरकारका वरिष्ठ मन्त्रीलाई नै विमानस्थल पठाएका थिए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger