यी सबैका बाबजुद अर्को एउटा पात्रको नाम जोडेर पनि लिलीविलीको चर्चा सुरु भएको छ । ती पात्र अरु कोही नभएर यसै फिल्मबाट डेब्यु गरेकी सुन्दरी नायिका जसिता गुरुङ हुन् ।
नपत्याउँदो पारामा जसिताका फ्यान हरेक दिन चौगुना भइरहेका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्यक्त प्रतिक्रिया हेर्ने हो भने उनको फिल्म कहिले रिलिज हुन्छ र हलमा ओइरिने भनेर उनीहरु प्रतीक्षारत रहेको बुझ्न सकिन्छ । आखिर कसरी र किन बढिरहेका छन् जसिताका फ्यानहरू ? अनि उनीप्रति किन आकर्षित छ, फिल्म क्षेत्र ? हामी यही विषयमा केन्द्रीत हुनेछौ ।
प्रदर्शन्मुख चलचित्र लिलीबिलीबाट नेपाली चलचित्र क्षेत्रमा ‘इन्ट्री’ मारेकी नायिका हुन् जसिता गुरुङ । सलक्क मिलेको ज्यान, बोल्ने आँखा, गोरो छाला, समग्रमा पर्फेक्ट व्यक्तित्व । मानौँ उनी फिल्ममा नायिका हुन नै जन्मिएकी हुन् ।
यी सुन्दरीलाइ नेपाली सिनेमा क्षेत्रले भर्खरै पाएको हो । तर यूकेले भने उनलाई केही समयअघि नै पाएर कलाकारको रुपमा अनुमोदन गरिसकेको छ । सपन इन्टरटेनमेन्ट लिमिटेडले गरेको दोश्रो यू के डान्स अफमा १३ प्रतिस्पर्धीलाई उछिनेर जसिता विजेता बनेपछि उनको चर्चा समग्र युरोपमा भइरहेको छ ।
पोखराकी स्थायी बासिन्दा जसिता भूपू ब्रिटिश गोर्खा परिवारकी एक्ली छोरी हुन् । उनको बसाइ बेलायतको विन्चेस्टरमा छ । उनी १२ बर्षमा टेक्दा टेक्दै परिवार सँगै यूके बसाई सरेकी हुन् । त्यसयता उनी यूके मै बस्दै आएकिछिन् । सानैदेखि डान्समा रुचि भएकी जसिता त्यसैबेलादेखि डान्स कम्पिटिसनहरूमा सहभागी हुन्थिन् । उनलाई त्यही नृत्यले नेपाली फिल्म क्षेत्रमा ल्याइपुर्यायो ।
Post a Comment