घाइतेहरुको मन्दसौर जिल्ला अस्पतालमा उपचार भइरहको बताइएको छ । साथै घटनाबारे मुख्यमँत्री शिवराज सिंहले सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै दुख व्यक्त गरेका छन् ।
६० भन्दा बढी सवार थिए बसमा
प्रहरीका अनुसार आइतबार विहान आरजे ०९ सीए १४३७ नम्बरको बस शामगढक्षेत्रको धामनिया दीवान गाउँमा अनियन्त्रित भई पल्टिएको थियो । बसमा ६० भन्दा यात्रु सवार थिए । केही यात्रु बसको छतमा बसेर यात्रा गरिरहेका थिए ।
दुर्घटना भएका थाहा पाउँन साथ स्थानीइले उद्दार कार्य शुरु गरेका थिए । घटनाबारे प्रहरीलाई जानकारी पनि गराएका थिए । स्थानीयले आफ्नो कार र ट्याक्टरमा राखेर घाइतेलाई अपस्पतालसम्म पुर्याएको बताइएको छ ।
मोटरसाइकललाई बचाउने खोज्दा दुर्घटना
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा सवार तीन युवाहरुलाई बचाउन खोज्दा बस अनियन्त्रित भई बस दुर्घटना भएको थियो । तीब्र गतीमा आएको मोटरसाइकले ओभरटेक गर्न खोज्दा मोटरसाइकल बसमा ठोकिएको थियो ।
मोटरसाइकलाई बचाउन बस चालकले तीब्रगतिमा मोड्न खोज्दा बस पल्टिएको प्रत्यक्षदर्शीले बताए । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ ।
Post a Comment