चलचित्रका निर्माता केसी, निर्देशक दिवाकर भट्टराई र नायक अनमोल केसी सुटिङका लागि इलाम पुगिसकेका छन् । चलचित्र ‘क्याप्टेन’ को सुटिङ इलाममा जारी चौथो माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलअघि हुने भएको छ ।
माइभ्यालीको फाइनलमा भोलि सोमबार रुस्लान थ्रीस्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुँदैछ । माइभ्यालीको फाइनलअघि सोही मैदानमा तीन–चार घन्टा ‘क्याप्टेन’ को सुटिङ हुने बुझिएको छ । ‘क्याप्टेन’ मा स्थानीय फुटबल खेलाडीले खेल्नेछन् ।
फुटबल खेलाडीको संघर्ष र उसको परिवारको कथावस्तुलाई लिएर ‘क्याप्टेन’ चलचित्र बनाउन लागेको बताइएको छ ।
चलचित्रमा सरोज खनालले पनि अभिनय गर्ने भएका छन् । चलचित्रमा खभिनय गर्ने सबै कलाकार अहिले टुंगो लागिसकेको छैन । इलामबाट फर्किएपछि मात्र ‘क्याप्टेन’ युनिटले चलचित्रबारे जानकारी गराउने बुझिएको छ ।
Post a Comment