Latest Updates :

यो के हुन लाग्यो हाम्रो नेपालमा ? चौध बर्षिय आफ्नै छोरीलाई जबरजस्ती करणी …पुरा हेर्नुहोस

SHARE THIS POST :
बाँके । आफ्नै छोरी बलात्कार गरेको आरोपमा बँकेबो कोहलपुरमा एक जना पक्राउ परेका छन्। उनलाई घरमा बार लगाउनका लागि प्रयोग गरिने बार काट्न सँगै जङ्गल गएका बेला १४ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोप छ ।

गत वैशाख २ गतेको घटना भए पनि ढिलो गरी सार्वजनिक भएको कोहलपुर प्रहरीले जनाएको छ। धेरैको अनुसन्धानपछि यो घटनाबारे पिडित किशोरीले आमालाई बताएकी थिइन्। आमाले प्रहरीमा जानकारी गराएपछि बाबुलाई पक्राउ गरिएको छ। बालिकाको मेडिकल जाँच गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए।

पक्राउ परेका बाबुलाई जबर्जस्ती करणी र हाडनाता करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यसअघि भारतमा हुँदा पनि आरोपीले छोरीलाई बलात्कार गरेका थिए। news24 nepal बाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger