Latest Updates :

प्रियंका कार्कीले हाल बस्दै आएको घर छाड्दै, कारण यस्तो

SHARE THIS POST :

काठकमाडौं – नायिका प्रियंका कार्कीले हाल आफु बस्दै आएको घर छाड्ने भएकी छन् । हाल उनी ज्ञानेश्वरस्थित पुख्र्यौली घरमै बस्दै आएकी छन् ।
उनले परिवारसहित त्यहाँबाट अन्त सर्ने निर्णय गरेकी हुन् । केही समय पहिला उनी आवस्यक सामानहरु डेलिभरी गर्दा आफ्ना सम्पर्क नम्बर र ठेगाना दिने गरेका कारण आफ्नो फ्यनानहरुले थाहा पाए पछि घरमै भेट्न आउँने र दिक्क लगाउँने उनको भनाई छ । तर उनको समस्या यो मात्र होईनकी उनले हालको घर साँघुरो महसुस गरीरहेको कारण ३ वर्ष अघिदेखि यो घरको विकल्प खोजिरेकी थिईन् ।
प्रियंकाले चाहेजस्तो घर भेटिइसकेको भए पनि त्यो कुन ठाउँमा हो भन्ने खुलाउन मानिनन् ।

……………………….

अन्या समाचार:

बंगुरको आलो रगतको परिकारले मानिसमा गम्भीर स्वास्थ्य समस्या, जनचेतनाको लागि शेयर गर्नुस्

परिकार पनि कस्ता कस्ता हुन्छन्। तर जे जस्ता भए पनि हाम्रा परिकारहरूसँग हाम्रो संस्कृतिक साइनो जोडिएको हुन्छ। कतिपय समाजमा साह्रै लोकप्रिय मानिएको परिकार अन्य स्थानका लागि अनौठो हुनु अस्वाभाविक होइन तर सम्बन्धित क्षेत्रमा भने यसको लोकप्रियता कतिपय अवस्थामा स्वास्थ्य विज्ञानका सिफारिसहरूलाई समेत बेवास्ता गर्ने गर्दछ। जस्तो हाम्रो नेपाली समाजमा अत्यधिक लोकप्रिय चिल्लो खानेकुरा या मासु जन्य खाद्य पदार्थहरू स्वास्थ्यक दृष्टिले त्यति उपयुक्त नभएपनि तिनको उपभोगमा कमी आएको छैन।
भियतनाममा पनि यस्तै एउटा परिकार लोकप्रिय रहेको छ जसले गम्भीर स्वास्थ्य समस्या आइरहेको भन्दै स्वास्थ्यविदहरू चेतावनी दिइरहेका छन्।

यो परिकार बंगुरको आन्द्रा उमालेर त्यसमा बंगुरकै आलो रगत मिसाएर बनाइन्छ । यो त्यहाँको साह्रै लोकप्रिय खाना मानिने भए पनि हाल देशमा मष्तिष्क ज्वरोका समस्याहरू बढेपछि त्यस प्रति स्वास्थ्य चासोहरू बढ्न थालेका छन्।

भियतनामीहरू बंगुरको भुँडी उमालेर त्यसमा आलो रगत मिसाउने गर्दछन् र यस प्रकारको परिकारलाई खानासँग स्टार्टरको रूपमा पस्किने गरिँदो रहेछ।

देश भरि साह्रै नै लोकप्रिय भए पनि बंगुरको शरीरमा धेरै हानिकारक जीवाणुहरू रहेका हुन्छन् जसमध्ये मष्तिष्क ज्वरोका किटाणुहरू समेत रहने भएकाले वैज्ञानिकहरू यस्तो परिकारको सेवन गम्भीर स्वास्थ्य समस्याको कस्रक बन्न सक्ने भन्दै चेतावनी दिइरहेका छन् ।

भियतनाममा प्रत्येक वर्ष हजारौं मान्छेहरूमा मष्तिष्क ज्वरोको संक्रमण देखिने गरेको छ जसमध्ये लगभग १० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। स्वास्थ्यविदहरू बंगुरको आलो रगतको सेवन यसमा प्रमुख रूपले जिम्मेवार रहेको बताउने गर्दछन्।

एक जना भियतनामी चिकित्सक डाक्टर न्ग्युयेन वान कुओंगका अनुसार बंगुरको आलो रगत खानु भियतनामको परम्परा हो। त्यहाँ हरेक दिन जसो मानिसहरू यसलाई खानको रूपमा सेवन गर्ने गर्दछन्।

एउटा अध्ययन अनुसार भियतनामका ग्रामीण क्षेत्रमा प्रत्येक तीन जनामा एक जनाले र सहरी क्षेत्रमा प्रत्येक १० मा एक जनाले दिनहुँ जसो यस्तो परिकार खाने गर्दछ।

हो ची मिन्ह सिटीस्थित अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिटका पप्राध्यापक स्टीफन बेकर यसलाई भियतनामको निम्ति ठुलो चुनौती बताउँछन्। यसलाई रोक्न जागरुकताको आवश्यकता रहेको उनको ठम्याई छ। तर सांस्कृतिक कारणहरूले गर्दा मानिसहरुलाई यसको सेवन गर्न रोक्न लगाउन त्यति सजिलो भने छैन।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger