Latest Updates :

गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा यौन व्यवसायमा संलग्न ३४ पक्राउ

SHARE THIS POST :
महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ।प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो। जसमा १९ पुरुष र १५ महिला रहेका छन्।


प्रभागका प्रमुख प्रताप पौडेलले वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दव्र्ययसन नियन्त्रण क्षेत्र बनाउने कार्ययोजनाअनुसार गरिएको अपरेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको बताए। उनले पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger