आज पूरै भारतमा सडकमा प्रहरी तैनाथ गरिएको छ । कैयौं शहरमा इन्टरनेट नै बन्द गरिएको छ । गृह मन्त्रालयले राज्यको सुरक्षा बढाउन विशेष व्यवस्था गरेको छ । तर अझैसम्म कसले बन्द आह्वान गरेको हो भन्ने खुल्न सकेको छैन । कुनै पनि ठूलो संगठनले यसको जिम्मेवारी लिएको छैन ।
मात्रै सामाजिक संजालमा फैलिएको म्यासेजका कारण भारत बन्दको माहेल बनिसकेको छ । यो माहोलसँग सरकार पनि डराएको छ । २ अप्रिलका दिन दलित संगठनले भारत बन्द आह्वान गरेका थिए । यस क्रममा १२ राज्यमा हिंसा भएको थियो । १५ जनाको ज्यान गयो । यही कारण १० अप्रिलको भारत बन्दको म्यासेज छिटो फैलियो । यी म्यासेज यतिसम्म भाइरल भए कि अघिल्लो हिंसात्मक बन्द सम्झेर सिंगो भारत त्रसित बन्यो ।
गृह मन्त्रालयले कुनै पनि अप्रिय घटना भएमा त्यसको लागि सम्बन्धित प्रशासनिक अधिकारी र प्रहरी अधिकारीलाई व्यक्तिगत रुपमा जिम्मेवार नमानिने स्पष्ट पारेको छ । मध्य प्रदेशमा प्रहरी अलर्टमा छ । ग्वालियर र भिंड जिल्लामा कफ्र्यू लगाइएको छ । इन्टरनेट ४८ घण्टासम्म बन्द गरिएको छ । हिंसाको आशंकाले सिंगो देश हाइअलर्टमा छ । धर्ना र प्रदर्शन गर्नेमाथि कडा कारवाही गर्न प्रहरीलाई आदेश दिइएको छ ।
Post a Comment