Latest Updates :

डेलिभरी ब्यायले ठगे आफ्नै कम्पनीको ४० लाख, ठगीको तरिकाले प्रहरी नै चकित

SHARE THIS POST :
एजेन्सी। अनलाइन सपिङको ठूलो कम्पनी अमेजन डटकमसँग ठूलो रकम ठगी गरिएको घटना सार्वजनिक भएको छ । कम्पनीलाई ठगहरुले झण्डै ४० लाख भारु बराबरको ठगी गरेका छन् । कम्पनीले आफ्नै २ डेलिभरी ब्वायमाथि आरोप लगाएको छ । यीमध्ये एक पक्राउ परेका छन् भने अर्का फरार छन् । प्रहरीका अनुसार ठगहरुले निकै चलाखीपूर्ण तरिकाले ठगी गरेका थिए ।

७ अप्रिलका दिन कम्पनीका रिजनल म्यानेजर प्रदीप अग्रवालले उत्तर प्रदेशको सहारनपुर थानामा उजुरी दर्ता गरेका थिए । उजुरीमा उनले सहारनपुरका एक व्यक्ति र उनका केही साथीले केही समयदेखि अमेजनबाट ठूला ठूला कम्पनीका महंगा मोवाइल किन्नका लागि अनलाइन अर्डर गर्छन् । कम्पनीले मोवाइल कुरिअरमार्फत सामान पठाउँथ्यो । सामान पठाउको केही समयपछि उनीहरुले कम्पनीमा मोवाइलको बक्स खाली भएको र भित्र मोवाइल नभएको भन्दै पैसा फिर्ता गरियोस् भनी गुनासो दर्ता गराउँथे ।

ग्राहकको गुनासोपछि पैसा रिफण्ड गरिन्थ्यो । तर, पटक पटक यस्तै भएपछि कम्पनीलाई शंका भयो कि डेलिभरीमा केही गडबड छ । म्यानेजरको गुनासोपछि प्रहरीले अनुसन्धानको लागि उक टिम बनायो । त्यसपछि मात्र ठगीको खुलासा भयो । प्रहरी अधिकारी बबलु कुमारका अनुसार मे २०१७देखि अहिलेसम्म कम्पनीबाट २६४ मोवाइल किनिसकिएका छन् । साथै ती मोवाइलको रिफण्ड पनि कम्पनीबाट लिइसकिएको छ ।

घटनामा उक ठगलाई पक्राउ गरिएको छ । उनको नाम मोहम्मद शमी भएको बताइएको छ । रिपोर्टका अनुसार ४० लाख भन्दा बढीको ठगी गरिएको छ । मोहम्मद शमी कम्पनीका डेलिभरी ब्वाय हुन् । उनले आफ्ना परिचितको मोवाइल नम्बर वा आइडीको प्रयोग गरेर कम्पनीमा मोवाइल अर्डर गर्थे । जब उनले मोवाइल पाउँथे त्यसपछि मोवाइलको बट्टा खाली भएको गुनासो गुनासो गरेर कम्पनीबाट पैसा रिफण्ड लिन्थे । यस काममा शमीसँग उनका सार्थ अमान पनि मिलेका थिए । अमान फरार छन् । समीसँगबाट विभिन्न कम्पनीका २३ स्मार्टफोन बरामद भएका छन् जसको मूल्य ७ लाख छ । एक एचपीको ल्यापटप पनि बरामद भएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger