Latest Updates :

पोखरा ७ मा साढे ५ तोला सुन, नगद र सामान चोरी

SHARE THIS POST :
कास्कीको पोखरा लेखनाथ महानरपालिका ७ ईन्द्रपुरी चोकमा चोरी भएको छ ।

प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालका अनुसार  ईन्द्रपुरी चोकमा रहेको कृष्ण प्रसाद आचार्यको घरवाट बिहिबार  ४ :३० बजेको समयमा साढे ५ तोला सुन, नगद र सामान चोरी भएको हो । घरमा कोहि नभएको समयमा मेन च्यानल गेटको ताल्चा फोडेर घरभित्र घुसी कोठामा रहेको दराज फोडि सुन, नगद र सामान चोरी भएको प्रहरी उपरीक्षक बस्यालले जानकारी दिए ।

चोरले दराज भित्र राखिएको ढेड तोलाको सुनको हार , १ तोला सुनको तिलहरी, १ तोला सुनको औँठी, १ तोला सुनको मंगलसुत्र, १ तोला सुनको झुमका जोडी गरी साढे ५ तोला सुन चोरी गरी लगेको प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार उक्त घरबाट नगद रु ४० हजार र एउटा ल्यापटप समेत चोरी भएको छ ।

प्रहरीले चोरी कार्यमा संलग्नहरुको खोजि भइरहेको जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger